वडा अध्यक्षको कर्तुत, कार्यालयमै यौन सम्पर्क गर्दागर्दै पक्राउ :

 २६ पुष, काठमाडौं । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ का स्थानीयले आन्दोलन थालेका छन् ।

वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले कार्वाहीको माग गर्दै आन्दोलन थालेका छन् । श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछी स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुकुल लगाएर प्रहरीलाई खबर गरेका थिए । कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दा स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ ।

रातको १ बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
8
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button