वैदेशिक रोजगारीमा ठगिएको भन्दै ५ महिनामा ११९० जनाले दिए उजुरी

वैदेशिक रोजगारीमा जाने श्रमिक ठगिने क्रम बढ्दो क्रममा रहेको छ । विगतको वर्षको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ठगिका घटना बढ्दो क्रममा पाइएको हो । ​चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा वैदेशिक रोजगारीमा ठगिएको भन्दै एक हजार १९० वटा उजुरी परेका छन् । वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा इजाजतपत्र प्राप्त संस्थाबाट ठगिएको भन्दै ४१० उजुरी परेका छन् । त्यस्तै विभागबाट इजाजतपत्र प्राप्त गरेका बाहेक संस्था तथा व्यक्तिबाट ठगिएको भन्दै ७८० उजुरी परेका छन् ।

इजाजतपत्र प्राप्त गरेका संस्थाहरूबाट ठगिएका ४१० उजुरीमा ६ करोड ५६ लाख ५९ हजार मागदाबीसहित विभागमा उजुरी दर्ता भएका हुन् । तीमध्ये विभागले ६९ वटा उजुरीको १ करोड ४० लाख ८४ हजार रूपैयाँ क्षतिपूर्ति भराएको छ  भने ३ वटा उजुरीको ८ लाख ४६ हजार बराबरको मिलापत्र गराइएको छ । 

त्यस्तै इजाजतपत्र प्राप्त नगरेका संस्था तथा व्यक्तिले ठगी गरेको भन्दै ७८९ उजुरी परेका छन् । ती उजुरीमार्फत २८ करोड २३ लाख २० हजार रूपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ  । यी मध्ये १०१ वटा उजुरीमा विभागले मिलापत्र गराई ७ करोड १० लाख ६९ हजार क्षतिपूर्ति भराएको छ भने २७ वटा उजुरी वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरिएको छ । जसबाट ९ करोड ४७ लाख ६५ हजार रूपैयाँ क्षतिपूर्ति माग गरिएको छ । 

मंसिर मसान्तसम्ममा विभागले २२ वटा इजाजतपत्र प्राप्त संस्था र ४४ वटा अभिमुखीकरण संस्थाको नियमित तथा आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा नियम विपरित गतिविधि गरेको पाइएका ६ वटा संस्था र २२ वटा अभिमखीकरण संस्थाहरूलाई वैदेशिक रोजगार ऐन बमोजिम तत्कालको लागि बन्द गरी कारबाही गरिएको विभागले जनाएको छ । 

त्यस्तै वैदेशिक रोजगारीसम्बन्धी ठगी गरेको उजुरीको आधारमा १ ट्राभल एण्ड टुर्सको समेत आकस्मिक रुपमा अनुगमन गरेको थियो । विभागले टेलिफोन तथा अनलाइन माध्यमबाट समेत अनुगमन कार्यलाई तिब्रता दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button