यू-१९ महिला विश्वकप छनोटः थाइल्याण्डद्वारा नेपालसामू ९० रनको लक्ष्य

२४ जेठ, काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डबाट ९० रनको विजयलक्ष्य पाएको छ ।

मलेसियाको किनरारा ओभलमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८९ रनको योगफल खडा गरेको हो ।

थाइल्याण्डका लागि ओपनर बान्थिदा लिपाथानाले १९, थिपात्चा पुथावोङले २० र सुवानान खियातोले १६ रन बनाए ।

बलिङतर्फ नेपालकी कप्तान कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २–२ विकेट लिदए । स्नेहा महराले १ विकेट लिइन् ।

नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो भने युएईसँग ८ रनमै अलआउट हुँदै १० विकेटले खेल हारेको थियो । सोमबार भएको भुटानविरुद्धको खेल ४ विकेटले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button