एएफसी यू-१७ एसियन कप छनाेट : नेपाल समूह एफमा

१० जेठ, काठमाडौं । एएफसी यू-१७ एसियन कप छनाेटमा नेपाल समूह एफमा परेकाे छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार सार्वजनिक गरेकाे खेल तालिका अनुसार नेपाल समूह एफमा छ ।

यस समूहमा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । यो समूहकाे खेल भियतनाममा सञ्चालन हुनेछ ।

एएफसीले ४४ सदस्य राष्ट्रहरुलाई ९ समूहमा विभाजन गरेकाे छ । जसमध्ये चार समूहमा ५-५ र छ समूहमा ४-४ टिम छन्।

छनाेट खेल आगामी अक्टाेबर १ देखि ९ सम्म हुनेछ ।

एएफसी यू-१७ एसियन कप २०२३ मा बहराइनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button