जिम्बावेबिरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ – दोस्रो एक दिवसीय खेलमा अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’सँग खेल्दैछ ।

कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे। जिम्बाब्वे पहिला ब्याटिङ गर्दैछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ।

नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बाब्वे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

यस्तो छ नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान) मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button