
पाथिभरा माताले हामी सबैको रक्षा गरुन, असार २ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल असार २ गते बुधबार इश्वी सन २०२१ जुन १६ तारीख जेठ शुक्लपक्ष षष्ठी तिथी मघा नक्षत्र वज्र योग तैतिल करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा चर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु कुमारषष्ठी( सिथिनखः) भ.पु.चण्डीभगवती यात्रा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । शारिरीक आलस्यताको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आय मुलक कार्यको थालनि हुनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।
मेलम्ची नदीमा भिषण बा ढी : सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी ब गा यो
अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बेपत्ता र अन्य धेरै हताहत भएको स्थानीयले बताएका छन् ।
हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको स्थानीयले जानकारी दिएका छन् । रातीको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा पुग्न सकेका छैनन् ।
मेलम्ची खोलामा आएको बाढीले नदी आसपासमा सञ्चालन गरेको ट्राउट माछा फर्म सबै बगाएको स्थानीयले जानकारी दिएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु,चनौटे लगायतका बजारमा समेत बाढीले क्षती बनाएको छ । हेलम्बुको नाकोतेमा आएको पहिरोले स्थानीयमा भागदौड भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।
लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ।
दुई दिनदेखि अविरल वर्षाको कारण घर भ त्किँ दा गुल्मीमा एक जना घा इ ते
दुई दिनेदेखिको अविरल वर्षाका कारण इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ । गाउँपालिका –५ मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको बस्दै आएको घर भत्किएको हो ।
मैदानस्थित परियारको घर भ त्किँ दा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली त्यस स्थानमा उद्धार गर्न पुगेको पाण्डेले बताए । त्यस्तै उजुङ्गका पछाईको घर पनि माथिबाट पहिरो सहित खसेको ठुलो ढुं गा ले ला गेर पूर्णरुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।
त्यस्तै, इस्मा १ उजुङका छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भ त्कि एको छ। अत्यधिक वर्षा भइरहेकाले जिल्लाका अधिकांश सडक अ व रू द्ध भएका छन्।
यता जिल्लाका नदी तथा खाेलाहरूमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी आसपासका बस्तीका बासिन्दाहरूले सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै, जिल्लाकाे रिडी रुद्रवेणी खण्ड, तम्घास वामी हुँदै बुर्तिवाङ सडक, रिडी तम्घास सडक, खर्जाङ रिडी सडक, चाेरकाटे शान्तिपुर लगायतका अधिकांश सडकमा पहिराे खसेपछि अ व रू द्ध भएको प्रहरीले जनाएको छ।
अस्पतालमा लक्ष्मीले दिएको बयानले प्रहरी समेत चकित
डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जिउँदै सि’ध्याउ’न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई जि ‘उँ’दै ज’ला’ए’र ज्या न लिन खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो ।
पक्राउ परेका भाटलाई आज जिल्ला अदालत डोटीबाट छ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
लक्ष्मीका श्रीमान भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला यो गर्दा उनीसहित नावालक छोरी ज’ ले र ग म्भीर घाइते भएकी थिइन् । छोरी र श्रीमती घाइते भएलगत्तै फ’रार भएका भाटलाई कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।
फरार रहेका भाटले प्रयोग गर्ने टेलिफोनको कल डिटेलका आधार र मोबाइल ट्रयाकिङ्बाट उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताउनुभयो ।
घाइते लक्ष्मीलाई तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको गत जेठ १७ गते हेलिकप्टरबाट काठमाडौ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
अहिले लक्ष्मीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको उपचारमा सम्लग्न अस्पतालका चिकित्सकद्धय डा सुरेन्द्र बस्नेत र डा प्रकृति ज्ञवालीले जानकारी दिनुभयो ।



