युरोपकी युबती र नेपाली केटाको प्रेम, युवतीले गाउछिन नेपाली गीत, काठमाडौंमा देखेपछी हात माग्न पुगे नेदरल्यान्ड (भिडियो सहित)

नेपालका युवा र नेदरल्याण्डकी युवतीबीचको प्रेम र विवाह पछि यिनीहरुको जोडी अहिले निकै चर्चीत भएको छ । नेदल्याण्डकी यि युवती निकै राम्रो नेपाली बोल्छिन् ।

पाँच वर्ष अघि यिनीहरुको विवाह भएको हो। उनी नेपाली युवासंग विवाह गर्न पाउँदा युवती निकै खुसी छन् । उनीहरु प्रेममा परेको बेलामा सामाजिक सञ्जालमा घण्टौ कुरा गर्थे । युवकले आफ्नो घरमा बस्ने एक जना दिदीको कोठामा आउँदा यि युवतीलाई देखेका थिए ।

इलामका युवकले विवाह पछि श्रीमतीलाई आफ्नो गाउँ लिएर गएका छन् भने युवक पनि ससुराली नेदरल्याण्ड गएका छन्। काठमाडौं कोटेश्वमा बस्दा उनी दिदीको कोठामा पुगेको बेलामा देखभेट मात्र भएको र त्यसपछि युवती फेरी नेदरल्याण्ड फर्किएपछि एक वर्ष उतै हराइन् ।

अनि नेपाल आएपछि उनीहरुको प्रेम परेको थियो।पहिलो पटक ससुराली जाँदा उनलाई निकै रमाइलो लागेको थियो । युवती कामको शिलसिलामा नेपाल आएकी थिइन् । त्यतीबेला उनीहरुको चिनजान भएको थियो ।

पहिलो पटक भेटेर उनी फेरी नेदरल्याण्ड फर्किइन् त्यसपछि उनी स्वदेश फर्किइन्।युवतीलाई मन पराएका युवक युवतीको हात माग्न नेदरल्याण्ड पुगेका थिए । नेदरल्याण्ड पुगेर उनले युवतीको हात मागे । परिवारका सदस्य राजी भएपछि उनीहरु नेपाल आएर विवाह गरे ।

त्यसपछि फेरी नेदरल्याण्ड पुगेर विवाह गरे । उनीहरु लकडाउन अघि नेदरल्याण्ड जाने योजना बनाएका थिए । तर लकडाउनका कारण जान पाएनन् । युवती मनपराएका युवकले युवतीलाई देखेको एक वर्षपछि विवाहको प्रस्ताव राखेका थिए। प्रेम प्रस्ताव राखेपछि उनी नेपाल फर्कदा युवक विमानस्थलमा लिन पुगेका थिए ।

युवतीको भने नेपाली युवकसंग विवाह नै गर्ने योजना नभएपछि युवक मन परेपछि प्रस्ताव स्वीकार गरेको बताइन्। तलको भिडियो हेर्नुहोला

कलाकार भीमा मैनालीका छोरा नुभिव उप्रेती प्रकरण: यसरी खुल्यो ३ जना किशोर पुर्पक्षका लागि थुनामा

कलाकार भीमा मैनालीका छोरा नुभिव उप्रेतीको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका तीन जनालाई अदालतले थुनामा पठाउने आदेश दिएको छ । कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै नविभव मृ त फेला परेका थिए । उनको तीन युवाले ज्या न लि एको खुलेको हो ।

सुरुमा प्रहरीले देह त्याग गरेको भन्दै परिवारलाई शव जिम्मा लगाएको थियो । तर परिवारका सदस्यले घटना रहस्यम भन्दै छानविनको माग राखेपछि घटनाको अनुसन्धान गर्दा घटना रहस्यम भएको पुष्टि भयो । सीसीटीभी फुटेजको आधारमा उनको मृत्यु स्वभाविक देखिएन । उनलाई कु ट पि ट गरिएको सीसीटीभी फुटेजमा देखिएको थियो । सोही फुटेजको आधारमा ३ जना पक्राउ परेका हुन् ।

ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिव साथीले बोलाएर पोखरा पुगेका थिए । वैशाख ४ मा नुभिवको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बैदामले घटना अनुसन्धान गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको हो । नाबालिग भएका कारण आशिषलाई बाल सुधार गृहमा राखिएको छ । बिगेन र बासुदेव १९ वर्षका छन् ।

पोखराको घारीपाटन बस्दै आएका ३ जना मिलेर लेकसाइडको स्ट्रिट नम्बर–१३ मा म र णा सन्न हुनेगरी नुभिवलाई कु टे को सीटीटीभी फुटेजमा देखिएको थियो । वडा प्रहरी कार्यालय बैदामले शुरुमा ‘देह त्याग गरेको’ भन्दै जाहेरी लिन अस्विकार गरेपछि मृ त कका परिवार आ क्रो शित भएका थिए ।

बुवा, आमालाई थाहा नदिइकन पोखरा गएका नुभिवले बोक्ने मोबाइल फेला परेको छैन । आमालाई ह्वाट्स एपमा गरेको भनिएको म्यासेजको डिटेल्स पनि प्रहरीले फेला पार्न सकेको छैन् । उनी पोखराको एक होटलमा बसेको र त्यहाँवाट साथीहरुले बोलाएर लगेर कु ट पि ट गरेको अनुसन्धानवाट खुलेको छ ।

छोराको मोवाइल अहिले पनि चालु अवस्थामा रहेका कारण प्रहरी अनुसन्धानमा कलाकार भीमाले आशंका गरेकी छन् । सो मोवाइल भने फेला परेको छैन । मोवाइल फेला परेपछि घटनाका थप कुराहरु पनि खुल्ने आशा परिवारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button