मोरङमा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा पुरूषको शव भेटियो

मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीमा ४० वर्षीय विष्णु ऋषिदेवको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । ओछ्यानै हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

शुक्रबार बिहान प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको अवस्थामा शव फेला पारेको थियो । मृतक पुरुष अर्धनग्न अवस्थामा छन् । घटनास्थल रगताम्य रहेको प्रहरीले बताएको छ ।

गछिया खोला छेउको ऐलानी जग्गामा बनाएको छाप्रोमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको छ । छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले बताएको छ ।

शुक्रबार बिहान नउठेपछि बोलाउन गएका साथीहरुले हत्या गरिएको अवस्थमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले संकास्पदमाथि अनुसन्धान सुरु गरेको छ ।

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् ।

उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।

सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम ९प्रधानमन्त्री०ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप ९राष्ट्रपति०लाई बिदा गरौं ।

प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button