
यिनै हुन् पर्दा पछाडिको हिरो जो सक्रंमितको शव नागों हातले उठाउन समेत पछि पदैनन् !
गाउँपालिकामा कहीँ कतै कोरोनाले मान्छेको निधन भयो भने त्यसको शव व्यवस्थापन गर्न र गाडीमा ओसार पसार गर्न मान्छे डराउँछन् । कतिपय ठाउँमा २/३ दिन सम्म कोरोना सक्रंमितको शव नउठेको पनि खबरहरु सुनिन्छन् ।

तर बाग्लुङको बडिगाड गाउँपालिकाका राजन पाईजा यो काममा अगाडी सर्छन् । शव कतैबाट लिएर आउन परे वा कतै लैजान परे सबैले पहिलो उनको अनुहारमा हेर्छन् ।

पाईजा गाउँपालिकाका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति हैनन् न कि कुनै अभियान्ता । तर उनले विगत लामो समय देखि यसक्षेत्रमा निस्वार्थ सहयोग र सेवा गर्दै आईरहेका छन् ।
हरेक परिस्थितिमा हरेक वि’पतीको सामना गर्न र गाउँबासीको जीवनरक्षा’का लागि अ’होरा’त्र लागि पर्ने उनको सेवा भाव देखेर सबै गाउँले नै अचम्म मान्छन् ।
स्थानीय कमल खरेल भन्छन् : उहाँलाई थकान र पीडाको अनुभुत नै छैन् आफु भित्रका पीडा लुकाएर भएपनि सधै गाउँबासीको सेवामा लागि पर्नुहुन्छ । यतिसम्मकी राति जतिबेला पनि कसैले केही समस्या पर्यो भनेर फोन गरे उहाँ जुरुक्कै उठेर सहयोगमा उ’त्रि’नुहुन्छ ।
गाउँबासीको सेवा र सहयोग गरेकै कारण यति माया पाएका पाईजा गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाका छोरा हुन् । उनले आफु अध्यक्षको छोरा भएको हैसियतले भन्दा पनि गाउँका विपत्तिमा सबै गाउँबासीलाई नै परिवार सम्झेर सहयोग गर्छन ।
कोरोना सक्रंमणको बेलामा गाउँपालिकाको स्वास्थ्य शाखासगं दिनरात खटेर गाउँगाउँमा पुगेर स्वाव सकंलन, क्वारेन्टाईन व्यवस्थापन, आईसुलेसन व्यवस्थापन र राहत वितरणमा समेत उनी उत्तिकै सक्रिय रहे ।
मलाई कुनै पद या प्रतिष्ठा भन्दा पनि आफ्ना नागरिकको सेवामा खटिन पाउँदा आनन्द मिल्छ । गाउँमा अहिले त युवा पनि छैनन् सबै युवा वर्ग विदेशमा छन् कति वसाईँसराई गरेर बाहिर गईसके ।
हामीले नगरे कसले गर्ने उनले भने । पाईजा सामाजिक काममा सक्रिय भएको देखेर गाउँपालिकाका कर्मचारी समेत छक्क पर्छन् । गाउँपालिकामा कार्यरत कर्मचारी बुद्ध पाण्डे भन्छन् : राजन दाईको सेवा भक्ति देखेर हामीलाई नै आश्चर्य लाग्छ । कतिबेला कहाँ के हुन्छ,जहाँ पनि भै’परिमा अगाडी सरेर सेवा र उद्धारमा लाग्ने मान्छे प्राय उहाँ बाहेक कम नै छन् ।
गाउँबासीको दु:खको सहारा बनेका उनी जस्तोसुकै परिस्थितिलाई पनि सामना गरि सेवा भावमा उत्रिन्छन् । केही दिन अगाडी कोरोना सक्रंमितको श’व कसैले उठाउन नमानेपछि उनले आफैले ना गों हातले उठाएर बाग्लुङबाट ल्याएका थिए । त्यस्तै उनले अक्सिजन आफनो बाईकमा बोकेर विरामीको घरघरमा पुर्याउँछन् ।
अहिले कोरोनाको नयाँ भेरियन्ट अलि जटिल प्रकारको छ प्राय विरामीहरु घरमै आईसोलेसनमा हुनुहुन्छ,कतिपयले एक्कासी स्वास फेर्न गाह्रो भो भनेर भन्नुहुन्छ अनि बाईकमै अक्सिजन र आवश्यक सामाग्री बोकेर दुगुरिहाल्नुपर्छ उनी भन्छन् ।
२०४२ सालमा जन्मिएका पाईजा सानोमा भने खेलकुदमा औद्यी रुची राख्थे । अध्ययन भन्दा पनि खेलकुद नै प्राथमिकता मानेका उनलाई खेलकुदले नै सफलता पनि दिलायो । अहिले उनी राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित छन् ।
उनी करातेका खेलाडी हुन् । विभिन्न सघंसंस्थामा आबद्ध रहेका उनले हाल बडिगाड गाउँपालिकामा बडिगाड कराते डोजो नामक संस्था खोलि यस क्षेत्रका स्थानीयलाई कराते खेल सिकाउँछन् । उनी यस संस्थाको अध्यक्ष समेत हुन् ।
त्यस्तै खेलाडी तगा प्रशिक्षक सघं बाग्लुङको जिल्ला अध्यक्ष र खेलकुद महासघं केन्द्रीय सचिवालय सदस्य समेत रहेका पाईजालाई अहिले भने खेलकुदमा भन्दा समाजसेवामा आनन्द मिल्छ । मेरो पेसा त खेलकुद नै हो यही क्षेत्रलाई अगाडी बढाउँछु, मेरो रुचीको अर्को विषय समाजसेवा हो म बाँचुञ्जेल यी दुईबाट टाढा अवश्य रहनेछैन् । पाईजाले भने ।
बुबा गाउँपालिकाको अध्यक्ष भएको कारणले गरेको हो भनेर पनि भन्छन् नी भन्ने प्रश्नमा उनले बुबालाई सहयोग गर्ने स्वभाविक रहेको भएपनि आफु निश्वार्थ रुपमा यस क्षेत्रमा लागेको र लागिरहने बताए ।
भन्नेका अगाडी त के गर्न सकिन्छ र मेरो काम अरुलाई देखाउनका लागि होईन्,कसैले यस्तो भनिदियोस भन्नका लागि पनि होईन् केबल मेरो आत्मसन्तुष्टीका लागि मात्रै हो ।
यो पनि,,,,,,नेपालका यी ठाउँहरुमा भिषण हावाहुरी, चट्याङ सहित पानि पर्दै, सचेत रहनुहोला
देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-तेको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर सामान्य बदली रहेको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा मंगलबार बिहानदेखि नेपालमा पनि ताउ-तेको असर देखिएको जनाएको छ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात,वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपात,वर्षाको सम्भावना छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र पहाडी भू-भागका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात,वर्षाको सम्भावना छ।
महाशाखाले जारी गरेको बुलेटिनमा बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख छ।
उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात,वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।



