
बिहेमै घट्यो यस्तो घटना, जन्ती आएका साथी मा’रिए मण्डप पछाडी ११ बर्षे बालिकालाइ करणी, ५ जना पक्राउ (भिडियो)
म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ ।

यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको थियो ।
ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले ह ‘त्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको थियो ।
टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव स’डेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन थिए जो अहिले पक्राउ परेका छन् ।
मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको थियो ।
यसैबीच देवीस्थानमै वैशाख १४ गते नै ११ वर्षीया बालिकालाई कर णी गरिएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले कर णी गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।
विजयले पैसाको प्रलोभनमा पारेर कर णी गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।
देवीस्थानमा एकै दिन दुई वटा अ पराध भएका छन् । वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो । कर णीको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् । दुवै घटनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
यो पनि,,,चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने, कहाँ कहाँ गएर लगाउने खोप?
काठमाडौं। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै भेरोसेलको दोस्रो डोज लगाउने मिति जेठ २ बाट तय भएको जनाएको हो।
खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न स्थानीय तहहरुमा तोकिएको छ।
‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ।
यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ।
यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ।
जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ। ‘भेरोसेल’ भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो।
चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।



