श्रीमानले छोडे, काठामाडौंको कोठामा २ दिनदेखि भोकभोकै रहेका ३ बर्षे छोरी र आमाको रुवाबासी । शिशिर भण्डारी सहयोग लिएर पुगे (भिडियो हेर्नुस)

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।

डीसीसीएमसीले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यक्ता अनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णय पनि भएको छ । कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय छ ।

द्रूत प्रतिकार्य समूह गठन गरेर तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ । यसैबिच श्रीमानले छोडेपछि ३ बर्षे छोरी च्यापेर दुई दिनदेखि भोकभोकै रहेकी आमा मिडियामा आएकी छिन् । घरभेटीले भाडा नतिर्दा कोठाबाट निकाल्न खोजेपछि शिशिर भण्डारी पुगे । भिडियो हेर्नुस

यो पनि,,,कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसिएमसी मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए। उनका अनुसार प्रस्तावमा स्वास्थ्य संकटकाल घोषणा गरी केही समयका लागि देशैभरि लकडाउन गर्ने उल्लेख छ।

‘अहिलेको स्थितिले केही कठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्’, मन्त्री त्रिपाठीले भने। प्रस्ताव सोमबार साँझसम्म मन्त्रिपरिषद्मा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि, नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति
जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआएरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो ।

समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए–आइसिसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन हुनुभएको छ ।

समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसिसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसिसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।

समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफÞना तर्फÞबाट यस अभियानमा १० लाख जापनी येन सहयोग गर्ने घोषणा गर्नुभयो ।

एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजÞार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button