काठमाडौंमा पक्राउ परेका यी दुई युवती महिला, जसले पुरुषलाइ होटेलमा लगेर यस्तो सम्म गर्थे

काठमाडौं । हनी ट्यापमा फसाएर रकम असुल गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० घर भइ काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाल छन् ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइ गो’प्यरु’पमा भिडियो बनाएर म्यासेन्जरमार्फत ब्ल्या’कमे’लिङ गरी आईएमईमार्फत् लाखौं रुपैयाँ लिने कार्यमा सं’लग्न उनीहरूलाई महानगरीय अ’परा’ध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं-३२ कोटेश्वर बस्ने एक पुरूषले उनीहरूविरू’द्ध उजुरी दिएका थिए। उनले आफूलाई फ’साएर ब्ल्या’कमेल गरी रकम असुली गरेको भन्ने उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको एसपी कोइरालाले बताए।

प्रहरीका अनुसार लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका एक ५२ वर्षका पुरुषलाई सुन्धारास्थित होटलमा बसेका बेला आफ्नो सबै पैसा हराएकाले समस्यामा परेको भन्दै सहयोगका लागि बोलाएकी थिइन् ।

ललिताले आफ्नो सबै पैसा हराएको हुँदा समस्यामा परेको र सहयोग गर्न अनुरोध गरेकी थिइन्। सहयोग गर्न जाँदा ललिताले ती पुरूषलाई होटलमा बोलाएको ती महिलाको बयान उद्धृत गर्दै एसपी कोइरालाले बताए। ललिताले ती पुरूषलाई सुन्धाराको एक गेष्ट हाउसमा भेट्न बोलाएकी थिइन्।

त्यस क्रममा पुरुषको हात समाउनेलगायतका काम गरी साथीलाई फोटो खिच्न लगाएको र पछि त्यही भिडियो देखाएर पैसा मागेको प्रहरीले जनाएको छ त्यसपछि उनीहरूले भने जति पैसा नदिएमा घरपरिवारलाई देखाउने, प्रहरीमा उजुरी दिएर फ’साउने भन्दै ‘ब्ल्या’कमेल’ गरे।

ती पुरुषले पटक पटक गरी ३ लाख २ हजार ५ सय दिएको र थप ८ लाख मागेपछि प्रहरीमा उजुरी दिएको एसपी कोइरालाले जानकारी दिए ।

उनीहरूले पटकपटक गरी ३ लाख २ हजार ५ सय रुपैयाँ लिइसकेका थिए। पुन: उनीहरूले ८ लाख मागेपछि ती पुरूष प्रहरी कार्यालयमा पुगेका हुन्। एसपी कृष्ण कोइरालाका अनुसार ललिता र कल्पनाले यसरी नै अरूलाई पनि फ’साउने गरेको खुलेको छ।

कतिपयबाट पैसा नपाएपछि भिडिओसमेत भाइरल गर्ने र  कर ‘णीको मुद्दा समेत लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ललिता पहिले पनि आ’परा’धिक गतिविधिमा सं’लग्न रही जेल बसिसकेकी छन्।

लालसरी ०६६ मंसिरमा अ ‘प”रण गरी क’र्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले ०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ ।

लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फ’साउने नियतले उनी विरु’द्ध ०७७ असोज ६ गते कर ‘णी मुद्दामा दिएको जाहेरी झुठ्ठा ठहरीएकोले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो ।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

यो पनि,,,श्रीमतीको बैंक कार्डबाट गर्लफ्रेण्डको जरिवाना तिरेपछि….

काठमाडौं । एक जना युवकले आफ्नो प्रेमिकाले तिर्नुपर्ने जरिवाना पत्नीको बैंक एकाउण्टको कार्ड प्रयोग गरेर तिरिदिएपछि बाबाल भएको छ । प्रेमिकाले गाडी चलाउँदा ट्राफिक नियम उल्लंघन गरिन् ।

उनले जरिवाना तिर्नुपर्ने भयो । तर उनीसंग कार्ड थिएन । विदेशमा सबै आर्थिक कारोवार कार्ड मार्फत हुन्छ । त्यसैले जरिवाना रकम तिर्न उनका प्रेमीले आफ्नो पत्नीको कार्ड प्रयोग गरेर जरिवाना तिरिदिए ।

यस्तो घटना युएईमा भएको हो । युएईको दुबईमा एकजना महिलाले आफ्नो क्रेडिट कार्ड चोरी गरेर कसैले आफ्नो क्रेडिट कार्डबाट रकम भुक्तानी गरेको उजुरी प्रहरीमा गरिन् । उनको मोवाइलमा नोटिफिकेशन आएपछि कार्डवाट पैसा प्रयोग गरेको उनले थाहा पाएकी थिइन् ।

उनले त्यसको उजुरी प्रहरीमा दिइन् । त्यसपछि उनले बैंकमा फोन गरेर कार्ड रद्द गरिदिन आग्रह गरिन् अनि पुलिसमा उजुरी गरिन् ।

चोरी गरिएको कार्डबाट ट्राफिक जरिवाना तिरिएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि दुबई पुलिसले तत्कालै त्यस विषयमा छानविन सुरु गर्यो ।

पुलिसले अनुसन्धान सुरु गर्यो तब निकै अनौठो तथा अपत्यारिलो तथ्य फेला पर्यो । वास्तवमा चोरी भएको भनिएको ती महिलाको क्रेडिट कार्डबाट ट्राफिक जरिवाना भुक्तान गर्ने मानिस अरु कोही नभएर उनकै लोग्ने थिए ।

अनि उनका लोग्नेले जसको जरिवाना तिरिरहेका थिए, ती व्यक्ति चाहिँ उनकी गर्लफ्रेण्ड थिइन् ।

विवाह पछि उनका श्रीमानको अर्कै महिलासंग पनि सम्बन्धमा रहेको कुरा उनलाई जानकारी थिएन । तर जब प्रहरीको माध्यमवाट उनले यो कुरा थाहा पाइन् अनि बबाल भयो ।

उजुरीपछि प्रहरीले ट्राफिक जरिवाना भुक्तानी गरिएकी ती युवतीलाई प्रहरी चौकीमा बोलायो । त्यस पछि ति युवतीले उनको श्रीमानलाई आफ्नो प्रेमी भनेर चिनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button