
हे दैव ! हाम्रो आमा बचाइदिनु भन्दै यी सानासाना बाबुहरू, हस्पिटलमा यति धेरै पैसा तिर्न बाकि (हेर्नुस् भिडियो )
२५ बर्षको कलिलो उमेरमा दुई बच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ । नत हात चल्छ नत खुट्टानै अझ भनौ शरिरको कुनै पनि अङ्ग नै चल्दैन् ।

भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ । तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समृत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् । उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।कठै आउनुस् सहयोग गरौ।
हेर्नुस् भिडियो
दुबईमा बसेर नेपालमा रहेकी श्रीमतीलाई रचे यस्तो षड्यन्त्र कि प्रहरी पनि परे चकित
काठमाडौं । विदेशमा बसेर नेपालमा रहेकी श्रीमतीलाई सिध्याउने योजना बनाएका एक जनालाई नेपाल प्रहरीले एक वर्ष पछि पुरुषलाई पक्राउ गरेको छ । इन्टरपोल मार्फत वैदेशिक रोजगारीका लागि विदेश पुगेका एक नेपालीलाई पक्राउ गरिएको हो ।
उनले दुवईमा बसेर नेपालमा रहेकी श्रीमतीलाई सिध्याउन योजना बनाएका हुन् । उनलाई सोही घटनामा प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो । एक वर्ष पछि ति ब्यक्तिलाई नेपाल ल्याइएको हो ।
नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा काजीमान पुरी पक्राउ गरी नेपाल ल्याएको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट गएको प्रहरी टोलीले दुवईबाट पुरीलाई पक्राउ गरेको जनाएको छ ।
उनलाई मंगलवार नेपाल ल्याइएको छ । उनले गतवर्ष घटना गराएका थिए । २०७६ चैत २९ गतै तेह्रथुमको आठराई गाउँपालिकामा २८ वर्षीय बिन्दा पुरीको शव भेटिएको थियो। उनको घटना विदेशमा रहेका श्रीमान पुरीको योजनामा भएको थियो ।
वैदेशिक रोजगारीमा दुवई रहेका काजीमानले आफ्ना दुई भाईलाई घटनामा प्रयोग गरेका थिए । प्रहरीले उनका दुई भाईलाई भने पक्राउ गरिसकेको छ । उनीहरु अहिले थु नामा छन् ।
भाईहरुले दिएको वयानका आधारमा काजीमान मुख्य ब्यक्ति भएको खुलेको हो । उनलाई प्रहरीले तेह्रथुम पठाउने तयारी गरेको छ । घटनाको पुरै अनुसन्धान र कावाही तेह्रथुममा हुने बताइएको छ ।
प्रहरीका अनुसार विदेशमा रहेका काजीमानलाई बिन्दाको च रि त्र को विषयमा ग लत कुरा सुनाएपछि उनले श्रीमतीलाई नै सिध्याउने योजना बनाएका थिए । योजनामा उनका दुई भाइ ३१ वर्षीय सुरेन्द्र पुरी र २४ वर्षीय बालकृष्ण पुरीले साथ दिएका थिए।
ु
चैत २८ गते दाजुको योजना अनुसार दुई भाइ झापाबाट गाडी भाडामा लिएर तेह्रथुम पुगेको उनीहरुले घरमा काठमाडौ जाने भनेर सुनाएका थिए । १२ बजे घरमा पुगेर भाउजुलाई बोलाएका थिए उनीहरुले। राती खाना पकाउन भान्छामा गएको बेलामा घटना गराएका थिए । त्यसपछि उनीहरु राति नै गाडी लिएर फर्किएका थिए।