
थप नयाँ रहस्य खुल्यो, सिता मरेपछी सिसिटिभीमा श्रीमान घरबाट निस्किएको प्रष्टै देखियो (भिडियो सहित)
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मा भएको सीता भण्डारी पौड्याल मृत्यु प्रकरणबारे सिसीटिभि फुटेज बाहिरिएसँगै थप नयाँ रहस्य खुलेको छ । भदौ २० गते घरमा ४३ बर्षीय श्रीमान टिका पौड्यालकी २७ बर्षीया श्रीमती सीता बिहान करिव ५ बजे मृत अवस्थामा फेला परेकी थिइन् । सीताको मृत्यु नभई ह’त्या भएको भन्दै माइतीजनले भने पनि पो’ष्टमा’र्टम रि’पो’र्टमा झु’ण्डि’एर मृत्यु भएको भनिएको छ ।

त्यसपछि मृतक सीताका माइतीजन र आफन्तजनले घटना लुकाउन पो’ष्टमार्टम रि’पोर्ट गलत ल्याइएको भन्दै विरोध प्रदर्शन र सीताको मृत्युबारे सत्य छानविन गर्न माग गरिरहेका छन् । श्रीमान टिकाको कनेक्सन माथिल्लो तहसम्म भएकाले ह’त्यालाई देहत्यागमा रुपान्तरण गरिएको माइतीजनको भनाइ छ ।

घटना घटेको एक हप्तापछि सीताको घर नजिकै एक पसलमा रहेको सिसीटिभि फुटेजमा केही शंकास्पद दृश्यहरु हालै बाहिरिएको छ । उक्त फुटेजमा घटना भएको राती मृतकका जेठाजु घर भित्र पसेका छन् भने बिहान करिव साढे चार बजे मृतक सीताकी श्रीमान टिका घरबाट बाहिर हिँडेको देखिन्छ ।
त्यस दिन घटना स्थल नजिकैको घर अगाडि पसल भएका एमबि न्यौपानेले आफ्नो सिसीटिभी फुटेजमा टिकालाई केही सामान प्याक भएको झोला लिएर बाहिर हिँडेको देखिएको बताएका छन् । उनले भनेअनुसार सिसीटिभी फुटेजमा बिहान करिव ४ बजेको समयमा सीताका श्रीमान टिका झोलामा समानहरु प्याक गरेर बाहिर हिँडेको देखिन्छ ।
उनले आफ्नो सिसीटिभी सार्वजनिक गर्दै भनेका छन्–‘ घरमा श्रीमाती त्यस्तो अवस्थामा थिइन् भने कुनै श्रीमान त्यसरी निर्धक्कसँग बाहिर जान सक्छ ? एउटी महिला बसेको कोठा त्यसरी भ’ताभु’ङ्ग भएको छ, सिताको आँखामा निला डाम छ, शरीरमा पनि दागहरु छन् ।’
घटना हेर्दा सीतामाथि हा’तपा’त भएपछि मृत्यु भएको हुन सक्ने न्यौपानेको भनाइ छ । न्यौपानेको सिसीटिभि फुटेजमा भदौ १९ गते दिउँसो माइतीबाट घर आएकी सीताले गल्लीमा रहेको स्कुटी साँझ साढे ७ बजेको समयमा भित्र पार्किङ गरेको देख्न सकिन्छ । र, साढे ७ बजेकै आसपासमा श्रीमान् टिका दाजुकी छोरीलाई गाडीमा ल्याएर घर आएको सिसीटिभीमा देख्न सकिन्छ । यो घटना रहस्यमय बन्दै गएको छ ।