
श्रीमान श्रीमतीले झ गडा गरिरहेको ठाउमा मिलाउन खोज्दा जादा ….
श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन खोज्दा मोरङको मिक्लाजुङमा एक पुरुषको ह त्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको ह’त्या भ’ए’को मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आ’क्र’मण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ ।
उनका अनुसार मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झ ग डा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८:४० बजेतिर घटनास्थलमा पुगेका थिए ।
झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका छिमेकीहरु ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर बहिनी–ज्वाईंको डेरामा गएको खुलेको छ ।
मिलेर बस्न र परिवारमा झ’ग’डा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कु’टपि’ ट गरेको डीएसपी श्रेष्ठको भनाइ छ ।
उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आ क्र मण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा गय राति ११:४५ बजेतिर मृत्यु भएको हो ।
कु ट पि टबाट सामान्य घाइते हुनु भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
मकै बारीमा भेटियो महिलाको शव
मोरङको बेलबारी नगरपालिका–११ जुरेमा आइतबार साँझ एक महिलाको शव भेटिएको छ ।
बारीमा मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी–११ की ५८ वर्षीया कविता बुढाथोकीलाई घरनजिकको मकैबारीमा मृत फेला पारिएको हो ।
परिवारका सदस्यबाट अलग भएर उनी घरमा एक्लै बस्दै आएको खुलेको छ ।
डिएसपी श्रेष्ठले मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै मोरङको केराबारीमा ल’डेर आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ याङ्शिलाकी २६ वर्षीया टीकामाया राई (लिम्बू) रहेकी छन् ।
घरकै शौचालयमा लडेर घाइते भएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा टीकामायाको मृत्यु भएको प्रहरीले बताएकाे छ ।
अवस्था ग’म्भीर बनेपछि उनलाई उपचारका लागि धरान लगिँदै थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।



