![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/01/Supreme_Court_Krishna_Khadka_4_PxJhAID4kU_baJKnIFdJG.jpg?resize=780%2C470&ssl=1)
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरुहुँदै
२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार सुनुवाइ सुरु भएको छ। सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दैछन् ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
यसअघि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइ समयाभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए।
रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो । न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए। उनको ठाउँमा सपना मल्ल प्रधानको प्रवेश भएको छ ।