
किन पक्रउ परे बुढानिलकण्ठका वडाध्यक्ष ?
काठमाडौं । प्रहरीले बूढानिलकण्ठ १२ का वडाध्यक्ष शम्भु भट्टराई सहित केही स्थानियलाई पक्राउ गरेको छ । उनी सडक विभागमै तालाबन्दी गर्न पुगेपछि पक्राउ परेका हुन् ।

सडक निर्माण अलपत्र परेको भन्दै आन्दोलनमा उत्रिएका वडाध्यक्ष केही स्थानिय लिएर सडक विभाग तालाबन्दी गर्न पुगेका गिए । वडाध्यक्षसहित बूढानीलकण्ठ(१२ का केही स्थानीयवासी पक्राउ परेको प्रहरीले जनाएको छ । ।

अलपत्र परेको तेन्जिंग चोक(खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभाग पुगेका वडाअध्यक्ष शम्भु भट्टराईसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो ।
वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआए पछि रिसाएका स्थानिय बासीन्दा सडक विभागमै विरोध स्वरुप तालाबन्दी गर्न पुगेका थिए ।
ठेकेदारलाई पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताएका छन् । सडक विभागका कर्मचारी सडक निर्माणप्रति उदासीन रहेको उनको गुनासो छ ।
पक्राउ परेकाहरूलाई अहिले तिनकुने प्रहरी कार्यालय लगिएको छ ।
जब एक भिकारी आफ्नो बैंकमा चेक साट्न पुग्दा बैंकमा नै पुगेन पैसा, यति धेरै रकम भेटिएपछि बैंकका कर्मचारीनै चकित परे
घटना लेबनानको सीदोन शहरको हो । त्यहाँको एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भिख माग्दै आएकी थिईन्।
अस्पतालमा आउने जाने मानिसले दान दिएको पैषाबाट गुुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स बढाउदै लगेको कसैलाई थाहा थिएन । कसैले अनुमान सम्म पनि गरेका थिएनन कि कि उत्त भिख माग्ने महिलाले बैंकमा पैसा जम्मा गर्दे आएकी छन् भनेर ।
अन्ततः उक्त माग्ने महिलाको बैंक अकाउन्टमा यति धेरै पैसा भेटिएको छ कि बैंकले चेक नै साट्न सकेन । उनको खातामा करोड हाराहारी रकम भेटिएपछि बैंकका कर्मचारीनै चकित परेका छन् । अहिले ति महिलाले भिख माग्ने ठाउँमा यो विषय निकै चर्चाको विषय बनेको छ ।
प्राप्त रिपोर्ट अनुसार वाफा मोहम्मद आफनो पैसा अर्को बैंकमा ट्रान्सफर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको समस्या भयो । घटनापछि सामाजिक सञ्जालमा दुईवटा चेक भाइरल भइरहेका छन् । – एजेन्सी
घरमै सुत्केरी भएकी २४ वर्षीया आतमायाको अत्यधिक रक्तस्रावका कारण शिशुलाई संसार देखाएर आफु भने सधैका लागि संसार छाडिन
डोल्पाको ठूलीभेरी नगरपालिका–६, दूरगाउँकी एक सुत्केरीको मृत्यु भएको छ । डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।
स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो ।
शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ ।
सुत्केरीलाई थप उपचारका लागि प्रसूति गृह लैजानका लागि बिहानै स्वास्थ्यकर्मी घरमा पुग्दा उनको मृत्यु भइसकेको बुढाले बताए । जिल्ला सदरमुकाम दुनै भन्दा ५ घण्टा पैदल दूरीमा दूरगाउँ रहेको छ ।
अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।



