राजेन्द्र महतोलाई ‘सिंहदरबार प्रवेश निषेध !’

उपप्रधानमन्त्री राजेन्द्र महतो जनता समाजवादी पार्टीको नेतृत्व गर्दै वर्तमान सरकारमा सहभागी छन् । सपथ लिनेवित्तिकै उनी विवादमा पनि आइरहे । महतो बेला बेलामा विवादमा आइरहन्छन् ।

महतोको विगत र वर्तमानको भूमिकालाई लिएर एउटा दलले सिंहदरबार प्रवेश निषेध भन्दै मूलगेटमै सूचना टाँसेको छ । आज नयाँ पार्टी नेपालले महतोलाई सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको सूचना टाँसेको हो ।

रिपोटर्स क्लब नेपालका अनुसार नयाँ पार्टी नेपालको छापसहित उनलाई नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन चुनौती समेत दिइएको छ । सूचनामा भनिएको छ,‘नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ ।’

नेपालमा भाइरसको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहकालाई जोखिम

नेपालमा फैलिएको भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको जनाइएको छ ।

हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ । हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button