यो मन्त्रालयको बार्गेनिङ गर्न दिपक मनाङे प्रचण्डलाइ भेट्न गएको आशंका

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । मनाङे हालै कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारमा मन्त्री बनेका हुन् ।

प्रचण्डसँगको भेटबारे माननीय दीपक मनाङे एण्ड रोहित गुरुङ नामक फेशबुक पेजमा लेखिएको छ–‘नेकपा माओवादी केन्द्र​ का अध्यक्ष कम​रेड प्र​च​ण्ड ज्यु संग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल प​श्चात लीएको त​स्बिर।”

मनाङेकै कारण गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्ण चन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुन सफल भएका थिए ।

नेपाली मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले मनाङेसहित चार जनालाई विनाविभागी मन्त्रीमा नियुक्त गरेका थिए । तर, अहिलेसम्म कुनै मन्त्रालय उनीहरुलाई दिइएको छैन ।

स्रोतका अनुसार ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निश्चित भइसकेको छ भने आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे पनि संघर्षमा छन् ।

आफूलाई अभियान्ता बताउदै सामाजिक संजालमा उग्र अभिव्यक्ति दिने ज्वाला संग्रौला प क्रा उ

प्रहरी कार्यालयमा महिलामाथि कु’ट’पि’ट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अ’भ’द्र व्य’वहा’रको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अ’भ’द्र व्य’वहार कसुरमा पक्राउ गरिएको जानकारी दिए । अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हिरासतमा लिएको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आ’क्र’म’ण गरेको थियो । यसअघि संग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएको थियो ।

आफूलाई अभियान्ता बताउनु संङ्ग्रौलाले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पनि प्रहरी कार्यलय मै गएर अ’भ’द्र व्य’व’हा’र गरेको आरोप छ । उनले प्रहरीमाथि गा’ली’ग’लौ’ज गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको थियो ।

उनले प्रहरीको बर्दी खोलिदिने ध’म्की दिएकी थिइन् । उनीसँगै प्रहरी कार्यलय पुगेका टोलीले सहायक निरीक्षक (असई) मणिकान्त झालाई सरुवा गरेर मधेशमा पुर्याइदिने र त्यही खेति गर्न लगाउने भन्दै ध’म्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button