टाउकोको ओखती नाइटोमा लगाएर हुन्न : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।

देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल/नेतृत्वको स्खलन भएको भट्टराईले बताए ।

सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।’ 

नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए ।

कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु १ कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ  बनाउने आँट गरौं  ।  नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।

पक्की घर कच्ची मोटरबाटोको शिकार

गुल्मीको  सदरमुकाम तम्घास नजिकै  वेदुखर्क  टोलको वस्ती  तल पनि मोटरबाटो माथी पनि कच्ची मोटरबाटो खनिएका कारण उच्च जोखिमा परेको छ । २०/२२ घरधुरी रहेको  त्यो एउटा सानो टोलको तल माथी  र बिचमा गरेर तिन वटा मोटर बाटाहरु छन् ।  अगाडी एउटा मुख्य सडक छ ।

त्यसदेखि २ सय मिटर तल  भिरमुनी अर्को मोटर बाटो खनिएको छ । घरै माथी  सय मिटर दुरीमा फेरी  अर्को मोटरबाटो खनिएको छ । यसरी घर वस्तीको तल माथी मोटरबाटो खनिए पछि वर्षायाम लागे लगत्तै  माथिबाट पुर्ने हो कि तलबाट तानेर बगाउने हो भन्ने पिर चिन्ता र त्रासमा रहेका हुन् त्यहाँका वासीन्दाहरु ।

असार १ गते देखि माथिको मोटरबाटो बाट पहिरो झर्ने र तल्लो मोटरबाटोबाट पनि पहिरोले तान्ने क्रम चलिरहेको छ  ।

टोलको बिचमा तम्घास अर्घाखाँची मुख्य सडक हालसालै  कालोपत्रे गरिए पनि हिलोम्मे छ । तिन दिन अघि माथिल्लो मोटरबाटोबाट आएको पहिरोले पुरेर त्यहाँका  पाँच घर विस्थापित भई भई सकेका छन भने अन्य घरहरु उच्च जोखिममा रहेका छन् ।

त्यस टोलका रामबहादुर खड्का, लक्ष्मी कुँवर, कविता कुँवर, तुल्सीराम कुँवर र वोमनारायण सुवेदीको परिवार विस्थापित भएका हुन । तलै मोटरबाटो माथी मोटरबाटोका कारणहरु आफुहरु उच्च जोखिमा परेको तुल्सीराम कुँवरले बताए ।

उनीहरुको वस्ती देखि २ सय मिटर तल तम्घास खाम्सेपानी हुँदै प्युठान जोड्ने सडक खनिएको छ ।

वस्ती अगाडी तम्घास अर्घाखाँची मुख्य सडक र  वस्तीको सय मिटर माथी वेदुखर्क भुजेलर्ख कच्ची सडक खनिएका कारण त्यो वस्ती उच्च जोखिमा परेको हो ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँको २२ घरधुरी दलित वस्ती मोटरबाटो कै कारण पहिरोले  उच्च जोखिमा परेको र  उनीहरुलाई  वस्तीबाट विद्यालयमा लगे राखिएको  वडाध्यक्ष थम्मनबहादुर केसीले बताए ।

त्यस गाउँमा पनि तल र माथी गरि दुई वटा मोटर बाटाहरु छन् । जिल्लाका अधिकांश स्थानमा मोटरबाटो कै कारण बस्तीहरु उच्च जोखिममा परेका छन् ।

कालिगण्डकी गाउँपालिकाको केन्द्र रहेको स्थान पुर्तिघाट बजारको एउटा पाउरोटी उद्योग सहित माथी मोटरबाटोबाट  चर्किएको जमिन खस्ने १२ घरपरिवार विस्थापित भएको  त्यस गाउँपालिका अध्यक्ष वेद थापा मगरले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button