पुर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा, जो साधु ‘बाबा’ को अवतारमा जिन्दगि बिताउंदै

यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको पूर्वप्रधानन्याधीशको हो ।

उनी हुन्, प्रधानन्यायधीश दामोदर शर्मा । जो प्रधानन्यायधीशबाट बर्हिगमनपछि साधु बने । तत्कालीन प्रधानन्यायाधीश उनी हाल बाबाको रुप धारण गरेका छन् ।

बाबा प्रधानन्यायाधीशका रूपमा परिचित उनी सर्वोच्चको २३ औं प्रधानन्यायीश हुन् । २०७० चैत्र २७ देखि ७१ असोज २३ सम्म प्रधानन्यायधीशको भूमिका निर्वाह गरेका उनी पछि पछि रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र प्रधानन्यायधीश र हाल चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीश रहेका छन् ।

तर, एउटा रोचक प्रसंग छ– हाल प्रधानन्यायधीश रहेका जबरालाए उनी नेतृत्वको न्यायपरिषदले कारबाहीबाट उन्मुक्ति दिएको थियो । १ चैतमा प्रधान न्यायाधीश खिलराज रेग्मी संविधानसभाको निर्वाचन गराउने सर्तमा अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनेपछि शर्मा प्रधान्यायाधीश बनेका थिए ।

२०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरबार छिरेपछि उनको विरासत स्वभाविक रुपमा बरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्मामा सरेको थियो ।

जम्मा ६ महिना प्रधानन्यायधीश बनेका उनै शर्मा अहिले भारतमा सन्यासी जीवन बिताइरहेका छन् । श्रोत न्युज २४

ललितपुर क्यान्सर हस्पिटलमा श्रीमानको मृत्युपछि विक्षिप्त बनेकी श्रीमतीले …

श्रीमान श्रीमतीको माया पवित्र हुन्छ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्छन् । एकलाई दुःख पर्दा अर्काको मन कटक्क खाने गर्दछ ।

दुई बीचमा कुनै एकको मृत्यु भएमा संसारै फाटेको, कुनै जोडि ढुकुर छुटेको जस्तो महसुस हुन्छ । यस्तै ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै दे ह त्या ग ग रिन ।

म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै दे ह त्या ग ग रे को ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

‘क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्राचार्यले भनिन्, ‘तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झु’ण्डि’एर दे ह त्या ग ग रे को अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।’

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्राचार्यको भनाइ छ ।

ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा. बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पी डा सहन नसकेर दे ह त्या ग ग रे को हुन सक्ने बताए । ‘बिहीबार राति करिब १ बजेतिर नर्सहरु राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका रहेछन् ।

त्यसबेलासम्म उनी कुरुवा रुममै सुतिरहेकी थिइन्’ उनले भने । श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले दे ह त्या ग ग रे को अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button