
सभामुख सापकोटाले लेखे प्रधानमन्त्रीलाई चिठी
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् । बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन् ।

उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।

सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको उनले सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक, प्रधानमन्त्री ओली नजाने
सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन् ।
सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीलाई बोलाएको विषयमा अनविज्ञता प्रकट गर्यो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीसँग भने, ‘उतै (सभामुखलाई) सोध्नुस् न । पत्र कहाँ पठाउनु भएको छ ? थाहा छैन । हामीलाई जानकारी छैन । जानकारी नै नभएको ठाउँमा प्रधानमन्त्री ज्यू जानुहुन्छ होला र ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शमा जोड दिएको पाइन्छ ।



