
दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ, खुस्किदै मुख्यमन्त्रीको पद
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् ।

यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

मुख्यमन्त्री गुरुङले आफूलाई बलियो बनाउनका लागि मनाङेलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । तर, मनाङेले साथ नदिँदा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना छैन ।
बरु मनाङेको साथले विपक्षमा बहुमत पुग्ने देखिएको छ । मनाङेले बुधबार प्रदेशसभा सदस्य राजीव पहारी लगायतका सँगको भेटमा पनि संसद विघटन हुने अवस्था नआए हुन्थ्यो भन्ने बिचार राखेका थिए ।
सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ ।
विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ । ६० सदस्य रहेको प्रदेशसभामा एमालेको पक्षमा २८ सदस्य (स्वतन्त्रका मनाङेसहित) छन् ।
त्यसमा पनि माधवकुमार नेपाल पक्षका एकजना सदस्य छन्। मनाङेले मुख्यमन्त्रीलाई साथ नदिँदा र नेपाल पक्षका सदस्य इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा विपक्षमा बहुमत पुग्ने पक्का जस्तै भएको देखिएको छ ।
कुनैबेला ग्याङस्टरका रुपमा कहलिएका मनाङे पटक पटक जेल समेत परेका थिए । काठमाडौंमा निकै परिचित मनाङेले मनाङ ख बाट प्रदेश सभाको चुनाव जितेर स्वतन्त्र सांसद बनेका थिए । एमालेमा सक्रिय उनको हैसियत भने स्वतन्त्र सांसदकै छ ।
गण्डकीमा मनाङे निर्णायक शक्ति बनेपछि दुईपटक मन्त्री भइसकेका छन् । उनी फेरि सत्ता परिवर्तन भएमा मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ ।
उनले गण्डकीमा हुने सत्ता राजनीतिमा समर्थन परिवर्तन गर्ने संकेत गरिसकेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आज विश्वासको मत लिन लागेका छन् ।
तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ । कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ । गुरुङले २८ या २९ मत मात्र प्राप्त गर्न सक्ने सम्भावना छ ।
नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । मुख्यमन्त्री गुरुङ्गले एमालेको २७, राजमोको १ र स्वतन्त्रको १ गरी २९ मत अधिकतम पाउने सम्भावना छ ।
उनले विश्वासको मत लिने माओवादी, काँग्रेस, जसपा या राजमोबाट फ्लोर क्रस हुनुपर्छ । राजमोबाट १ मत मात्र फ्लोर क्रस हुने देखिएको छ । त्यसकारण पनि गुरुङ्ग विश्वासको मत लिन असफल हुनेछन् ।
विश्वासको मत लिन असफल भए सविधान बमोजिम प्रदेश प्रमुखले बहुमतको सरकारको आव्हान गर्नेछिन् । त्यतिबेला काँग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ ।
दीपक मनाङेका भाइ कोर्तो यस्तो घटनामा पक्राउ
गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङका भाई कोर्तो गुरुङ पक्राउ परेका छन् । उनी एक ग म्भि र घटनामा पक्राउ परेका हुन् । कोर्ते यतिबेला प्रहरी हिरासतमा छन् ।
कुनै समयमा गु ण्डा नाइके भनेर चिनिएका राजीव अहिले मन्त्री छन् उनका भाई कोर्तो पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितलपुरका अनुसार उनलाई गत जेठ १६ गते ला गु औुष धसहित पक्राउ गरिएको छ ।
उनीसँगै आफूलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का पनि पक्राउ परेका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार कोर्तो एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा कारोबार हुने ४१ ग्राम आ इुस नामक ला गु औुष धसहित पक्राउ परेका हुन् । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो अर्को समाचार, रौतहटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । अवैध रुपमा ल्याउँदै गरेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जना परोहा नगरपालिका–९, रामपुरखापबाट आज बिहान पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासनका २२ वर्षीय बन्टीकुमार कलवार र सोही ठाउँका २० वर्षीय सुरज कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला परेको प्रहरीले बताएको छ ।



