जसपाको ठाकुर पक्षले टुंगो लगाएका नाम आजै प्रधानमन्त्रीलाई दिने, यि हुन् मन्त्री बन्छु भन्नेहरु

काठमाडौ । लामो समय देखि सरकारमा सहभागी हुन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग सम्बादमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागीहुनेहरुको नाम शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने भएको छ ।

सरकारमा जाने लगभग पक्का भएको बताउँदै सो समुहका नेता शरतसिंह भण्डारीले शुक्रवार नै सबै टुंगो लगाउने जानकारी दिएका छन् ।

ठाकुरले दिने नामहरुका बारेमा सहमति जुटे आजै सरकारमा सहभागी हुनसक्ने पनि उनले बताएका छन् । जसपाले २ राज्यमन्त्री र ८ मन्त्रीमा आफ्नो दावी पेश गरेको छ । मन्त्री बन्न चाहनेहरुको लिष्ट लामो भएकाले टुंगो लगाउन समय लागेको थियो ।

अब लगभग नामका बारेमा टुंगो लागेको सो पार्टीका एक नेताले बताएका छन् । जसपाले गृहमन्त्री सहित ८ मन्त्रालयमा आफ्नो दावी पेश गरेको हो । तर गृहमन्त्रालयका बारेमा प्रधानमन्त्रीले के निर्णय गर्छन् त्यसवारे थाहा नभएको जसपाका नेताहरुको भनाई छ ।

आज एक बजे सरकारको विषयमा प्रधानमन्त्री ओलीसँग ठाकुर लगायतका नेताहरुले छलफल गर्ने समय तय भएको छ । जसपाबाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो ।

मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा।सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् ।

गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् ।

राष्ट्रपतिका सञ्चार विज्ञ, र प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा यस्तोसम्म लेखे, चौतर्फी बिरोधपछि ट्वीट नै मेटे (हेर्नुहोस् उनको ट्वीट)

अमेरिकी राष्ट्रपति जो बाइडेनले २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप निशुल्क दिने घोषणा गरेपछि नेपालमा समेत खुशीयाली छाएको छ, किनभने नेपालले समेत अमेरीकालाई खोप दिन अनुरोध गरेको थियो ।

संसारका विभिन्न मुलुकहरूलाई दिने भनिएकाले बाइडेनको घोषणामा नेपालले कति खोप पाउने हो भन्ने कहिँ कतै पनि खुलाइएको छैन ।

तर एक कदम अघि बढ्दै नेपालको सत्ता निकट ब्यक्तिहरुले उक्त खोप नेपालले यति पाउने उति पाउने भनेर लेख्न थालेका छन् ।

यस्तै सन्देश बाइडेनको उक्त घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए । उनले नेपाललाई ५० लाख डोज खोप आउन लागेको लेखे । अझ राष्ट्रपतिको पहलमा उक्त खोप आउन लागेको समेत लेखेका थिए । तर, चौतर्फी बिरोध भएपछि उनले उक्त ट्वीट मेटेका छन् ।

राष्ट्रपतिका सञ्चार विज्ञले ट्वीटरमा आफ्नो आफूले लेखेको कुरा सच्याइसकेको झन्डै १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेरि त्यही ५० लाखको आँकडा ट्वीटर सार्वजनिक गरे। उनले नेपालीलाई चाहिनेमध्ये १ तिहाइ खोपको व्यवस्थापन भइसकेको तर्क गरे। त्यसका लागि उनले सरकारलाई बधाई पनि दिन भ्याए।

शुक्रबार बिहान ट्वीटरमा उनले लेखे- एक तिहाइ खोपको व्यवस्थापन: अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान- १० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद- १० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज। बधाई सरकार।

महामारी रोकथामका लागि राष्ट्रपति विद्या देवी भण्डारीको सक्रिय सहभागीता भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आइरहेका छन् । कसैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उछिनेर राष्ट्रपति आफै सक्रिय हुन नमिल्ने भन्दै टिप्पणी गरेका छन् भने कतिले अत्यावश्यक कुरामा राष्ट्रपतिको पहलको प्रशंसा गरेका छन् ।

केहीले भने विग्रदो छवि सुधार्न राष्ट्रपतिले सबै ध्यान अन्यत्र लैजान खोपमा सक्रियता देखाएको भन्दै आलोचना गरेका छन् ।

अमेरिकाले नेपाल सहित केही मुलुकलाई ५० लाख डोज खोप दिने घोषणा गरेपछि सरकारी पक्षका केही राजनीतिक दलका नेताहरुले त्यसवारे सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै लेखे । राष्ट्रपतिका प्रमुख संचार विज्ञ टिका प्रसाद ढकालले अमेरिकाले घोषणा गरेको ५० लाख खोप सबै नेपालका लागि भन्दै ट्वीटरमा लेखे ।

उनको ट्वीटको खण्डन गर्दै वरिष्ठ पत्रकार भानुभक्त आचार्यले भ्रमको खेती नगर्न भन्दै सुझाव सहित ५० लाख डोज खोप नेपालका लागि मात्र नभएको र त्यो राष्ट्रपतिको पहलले नभई अमेरिकाले यस अघि नै घोषणा गरेको को भ्याक्स योजना अन्तर्गत पहिल्यै निर्णय भएको खोप अनुदान हो भनेर प्रष्ट पारेका छन् ।

गंगालाल अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डा रामेश कोइरालाले सबै खोप नेपालका लागि हो भन्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले झुटो दावी गरे भनेर आरोप लगाएपछि मन्त्री ज्ञवालीले त्यसको खण्डन गरेका छन् ।

उनले आफुले ५० लाख डोज नै नेपालका लागि हो भनेर कतै नभनेको भन्दै झुटको सहारा नलिन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button