माधव नेपाललाई अन्तिम अवस्थामा ककस्ले दिए धोका ?

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ। नेपाल र खनालसहित विघटित संसदका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको बताइएको छ।

निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, सरला यादव, निरादेवी जैरु, कलिला खातुन र कल्याणी खड्का रहेका छन्।

यसै क्रममा तिनिधिसभा पुनर्स्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गदै विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च अदालत पुगे पनि माधव नेपाल समूहका चार जनाले हस्ताक्षर गरेका छैनन् ।

प्रतिनिधि सभाका २७१ सांसदमध्ये १४६ सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धन सर्वोच्च गएकामा नेपाल समूहका गोकर्ण विष्ट, राजबहादुर बुढा, गणेश पहाडी र पवित्रा निरौला खरेलले त्यसमा हस्ताक्षर गरेका छैनन्।

सबै हस्ताक्षर सांसदलाई सनाखतका लागि सशरीर उपस्थित गराएका विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि जेठ ७ मा राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गराउँदा १४९ सांसदको हस्ताक्षर थियो ।

तर अहिले १सय ४६ मात्रै भएका छन् । जसमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका माधव नेपाल समूहका २६, जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम पक्ष) का १२, राष्ट्रिय जनमोर्चाका १ गरी त्यस वेला १४९ सांसदको हस्ताक्षर थियो, तर अहिले ४ जना घटेका हुन् ।

सर्वोच्चमा शसरीर उपस्थित भएर सनाखतमा जाने विपक्षी गठबन्धनका शीर्ष नेताहरूले भनेपछि एमालेको माधव नेपाल समूहका चार नेताले हस्ताक्षर गर्न सोमबार सिंहदरबार गएनन्। पहिला हस्ताक्षर नगरेका थप एक नेपाल पक्षका सांसद कातिला खातुन सिंहदरबारमा हस्ताक्षरका लागि पुगेकी थिइन्।

एमाले कार्यदलमा समेत रहेका विष्ट भने पार्टी विभाजन गर्नुहुन्न भन्ने पक्षमा रहेका छन् । ओली र नेपालबिच कुराकानी गराउने एक पात्र मध्य विष्टले तत्काल पार्टी विभाजन भए कम्युनिस्ट आन्दोलनमा क्षति पुर्‍याउने बताउँदै आएका थिए ।

यस अगाडी नै नेपाल पक्षका नेता विष्टले हस्ताक्षर गर्न मानेनन् र गरेका थिएनन् । उनी हस्ताक्षर गर्न सिंहदरबारमा नपुगेपछि उनका प्रेस सहयोगी मदन खनालले उच्च ज्वरो आएका कारण बाहिर ननिस्केको जानकारी गराएका छन् ।

‘गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु’, विष्टका प्रेस सल्लाहकार मदन खनालले भनेका छन् ।

पहाडी भने योगेश भट्टराईसँग नजिक छन् । यस्तै माधव समूहका अर्का एक सांसद पनि बिरामी भएका कारण हस्ताक्षर गर्न आउन नसकेको बताइएको छ । पवित्रा निरौला खरेलले भने झापा पुगेकी छिन् । ओलीले नेपाल पक्षका ११ जनालाई एमालेले हस्ताक्षरमा लागेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

अब पादबाट पनि फैलिन सक्छ कोरोना

कोरोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छ, यसमा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् ।

हालै एक अध्ययनले पादबाट पनि कोरोना भाइरस फैलिन सक्ने देखाएको छ । यद्यपी यसलाई लिएर केही विज्ञहरु त्यति चिन्तित देखिएका छैनन् र यसतो पनि हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ ।

तर सामाजिक सन्जालमा भने ब्यापक चर्चा पाइरहेको कोरोनाको यो स्वभावको सम्भावनालाई अस्विकार गर्न पनि नसकिने स्थिति छ । यो सम्पुर्ण चर्चाको शुरु अष्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक सन्जालमा आएपछि भएको हो ।

अष्ट्रेलियकाका डाक्टर एन्डी ट्यागले गरेका केही परिक्षणमा कोरोना भाइरसका ५५ प्रतिशत विरामीको दिशामा उक्त भाइ’रस भेटिएको छ । चिकित्सकिय सोधमा पहिला पनि पादमा दिशाका ससाना अंश हुन सक्ने र यसको माध्यमबाट ब्याक्टेरिया फैलिन पनि सक्ने चेतावनी दिइसकेको छ ।

यद्यपी पादका माध्यमबाट कसरी भा’इरस फैलिन सक्छ , यसलाई लिएर थप अनुसन्धानको आवश्यक भएको उनले बताए ।

अर्को तर्फ विज्ञहरु यसको सम्भावना नभए सरह भएको बताउँछन् । यसतो हुने भनेको जब कसैले पाद गर्दा अर्को ब्यक्ती अत्यन्त नजिक हुनु पर्ने छ ।

बीचमा कुनै न कुनै कपडा हुनुले ड्रपलेट्स बाहिर फैलिनु लगभग असम्भव हो । यद्यपी दिशामा भा’इरस हुन सक्ने तथ्यलाई अस्विकार गर्न नसक्ने बताइएको छ ।

त्यसैले ट्वाइलेटको सफा सुघरमा अत्यन्त ध्यान दिन आवश्यक छ । कयौं संक्र’मणमा केही विरामीमा सुरुमा पखाला लागेको र त्यसपछि मात्र कोरो’नाका अन्य लक्षण देखिएका छन् । त्यसकारण सावधान हुनु राम्रो हो ।

कोरानो भा’इरस फैलिने सामान्य तरीका भनेको हाछ्युं गर्दा र खोकीबाट निस्कने ससाना थोपालाए नै मनिएको छ। मुख र नाकबाट निस्कने साना ती थोपाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ ।

त्यसपछि कुनै ब्यक्तीसँगको सिधा सम्पर्कबाट पनि यो फैलिन सक्छ । संक्रमित हातबाट कुनै बस्तु छुँदा पनि भाइरस केही समय ती बस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य ब्यक्ती त्यसको सम्पर्कमा आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button