
मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपालको आयो यस्तो प्रतिकृया
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।

यसै क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को ची’रह’रण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्र’हार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।
यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !

अहंकारको वृक्षमा विनाशको फल लाग्छ´ – विश्वप्रकाश
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।
यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सा’मूहिक ब’ला’त्कार दूश्परिणाम महँगो पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएका छन् ।
मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न सिफारिश गरेर प्रतिनिधिसभाको नयाँ मिति घोषणा गरेलगत्तै कांग्रेस प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्-`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बला’त्का’रको दुश्परिणाम महंगो पर्नेछ ।”

यस्तै कांग्रेसका नेता कांग्रेसका नेता गगन थापाले पनि चर्को आलोचना गर्दै सामाजिक संजालमा आफ्ना विचार पोखेका छन् । उनले लेखेका छन्, खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।




