घनश्याम भुसाल भन्छन्- देशभरिका नेता कार्यकर्तासँग छलफल गर्छौं, एउटा निश्कर्षमा पुग्छौं

नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले पार्टीपंक्ति प्रतिनिधि सभा विघटनको पक्षमा नरहेको बताएका छन्।

शनिबार बिहान संक्षिप्त कुरा गर्दै  भुसालले पार्टी एकतावद्ध गर्ने प्रयास भइरहेका बेलामा प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताए।

‘हाम्रो पार्टी पंक्ति प्रतिनिधि सभा बचाउन चाहन्थ्यो। सरकारको कदमले यसलाई खण्डित गरेको छ। यो दुःखद पक्ष हो,’ उनले भने, ‘अब हामी देशभरिका नेता-कार्यकर्तासँग छलफल गर्छौं। एउटा निश्कर्षमा पुग्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button