
राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध रिट लिएर अधिवक्ताको सर्वोच्चमा ताँती, फरक ६ रिट पुगे अदालत
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन् । अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

अधिवक्ताहरुले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रकृयामा पठाएको जानकारी दिएका छन् । प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै अधिवक्ताहरुले रिट दिएका हुन् । सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको अधिवक्ता शाहीले बताए ।
संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ।
नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन सक्दैन,ु उनले भने,राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना गर्नुभएको छैन भन्ने कुरा पनि मेरो रिटमा उल्लेख छ।
भक्तपुरमा ४ वटा गाडी एक आपसमा ठ क्क र खाए, ३ जना घाइते
शुक्रवार विहान भक्तपुरको सुर्यविनायकमा चार वटा सवारीसाधन आपसमा ठ क्क र खाएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । विहान करिब पौने ८ वजेतिर विपरित दिशावाट आएका गाडी ठ क्क र खाए र आसपासमा भएका अन्य गाडीमा पनि गएर ठो क्कि एका हुन् ।
शुक्रबार बिहान सूर्यविनायक नगरपालिका(९ स्थित नलिनचोकमा यस्तो घटना भएको हो । भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीका अनुसार जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठो क्कि एका थिए।
ट्रकमा सवार भएकाहरु घाइते भएका हुन् । सुरुमा दुइटा सवारीसाधन ठ क्क र खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठो क्कि न पुगेका हुन्।
प्रदेश ३- ०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठ क्क र दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठो क्कि न पुगेको हो। स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो।



