
कोरोनाको तेस्रो लहर आउनसक्छ, १२ वर्ष माथिकालाई खोप लगाउने तयारी गरौं : सभापति देउवा
काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेश्रो लहर आउने सम्भावित खतरालाई मध्यनजर गर्र्दै सातवटै प्रदेशका अस्पतालमा विशेष वार्ड र आइसीय लगायतको तयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले कोरोनाको तेश्रो लहरबाट बालबालिका बढी असुरक्षित हुनसक्ने विज्ञहरुको भनाइ रहेको बताउँदै १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्-
‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’

यो पनि,,,,,अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव
लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उनले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु”, पत्रमा भनिएको छ ।
गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।
यो पनि,,,,,,,,,जारी छ रक्तदान, माग अनुसार अपर्याप्त
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा रगत सङ्कलनलाई जारी राखेको छ ।
मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसले रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना गरी देशभर रगत सङकलनलाई निरन्तरता दिएको छ ।
क्यान्सर,मिर्गौलाका बिरामी , प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ । सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक दुई ठाउँमा २० देखि २५ युनिट मात्र रगत सङ्कलन भइरहेको र स्वयंसेवी रक्तदाता कालीमाटीस्थित केन्द्रमा आइ रगतदान गर्ने गरेको बताए ।
उनका अनुसार निषेधाज्ञा जारी गर्नुपूर्व काठमाडौँमा दैनिक २०० युनिट सङ्कलन हुने गर्दथ्यो । अहिले यसको २० प्रतिशत मात्र हुने गरेको उनको भनाइ छ । साथै दैनिक ३५० युनिट रगत खपत हुने गर्दथ्यो ।
सङ्कलित रगतले मागको आधामात्र पूर्ति गरेको छ । अहिले दैनिक ५० युनिट रगतको माग हुने गरेको बताइएको छ ।
“अहिले क्याम्पबाट सङ्कलित रगतले मागको आधा मात्र पुरा गरेको छ”, उनले भने, “यसैले रगत सङ्कलन अझ बढाउनु आवश्यक छ । म रक्तदातालाई पायक पर्ने स्थानमा पुगि रगत दान दिन आह्वान गर्दछु ।”
केन्द्रले कारोना सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै ठूला रक्तदान शिविरलाई स्थगन गरेको जनाएको छ । “क्यान्सर, मिर्गौलाका बिरामी, प्रसूतिलाई नियमित रगतको आवश्यक भइरहने गर्दछ” उनले भने, “अहिले गरिएको सङ्कलनले ती बिरामीलाई धान्न मुश्किल परेको छ ।” बिरामीका आफन्तले पनि रगत दिइरहेका छन् ।
सामान्य अवस्थामा देशभर दैनिक एक हजारदेखि एक हजार २०० युनिट र बार्षिक तीन लाख युनिट रगत सङ्कलन हुने गर्दथ्यो । कोरोना कहरका कारण देशभर अहिले २० प्रतिशत मात्र सङ्कलन भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले रगतदान र रगत प्राप्त गरेका कारण कोभिड–१९ को सङ्क्रमण नसरेको जनाएको छ । उनले भने, “ ढुक्क भएर स्वास्थ्यमा मापदण्ड पालना गरी रगत सङ्कलन गर्ने ठाउँमा गएर रक्तदान गर्न आग्रह गर्दछु ।”
उनका अनुसार लक्षण नभएका र खोप लगाएकाले १५ दिनपछि रक्तदान गर्न मिल्ने छ ।
उनले रगतको अभाव हुन नदिन रेडक्रस शाखा , उपशाखा तथा स्वयंसेवी रक्तदाताले जनस्वास्थ्यमा मापदण्ड पालना गरी सङ्कलनमा सहयोग गरिरहेको जानकारी दिए ।
यो पनि,,,,,,,,फाइजर खोपलाई ‘लामो समय फ्रिजमा भण्डारण गर्न सकिने’
युरोपेली सङ्घ (इयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिए भन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।
युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडोमा (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।
यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा इयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो । फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो ।
सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सी असमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो। यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्ष बीचका बालबालिका समेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।



