जनता ‘मारेर’ कसरी बस्‍न सकेको सरकार ?: नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिडविरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको भन्‍दै सबैले आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।

नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमा सरकारले महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ-आफ्नो तर्फबाट कोभिडविरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले  भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ ।’

आक्रोशित हुँदै उनले प्रश्‍न गरेका छन्, ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा.संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।

यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार?’

उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ-आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् ।

यो पनि,,,,,अक्सिजन व्यवस्थापनमा ‘मुम्बई मोडल’: किन भइरहेको छ प्रशंसा ?

कोरोनाको संकटका बीच अक्सिजनको व्यवस्थापनलाई लिएर बृहत् मुम्बई महानगरपालिकाको मुम्बई मोडलको भारतभरि प्रशंसा हुँदै आएको छ । तारिफ गर्नेमा सर्वोच्च अदालत समेत सामेल छ ।

यति मात्रै होइन, सर्वोच्चले दिल्ली लगायत अन्य राज्यलाई यो पनि निर्देश गरेको छ कि उनीहरुले पनि मुम्बई मोडल अपनाऊन् ।

कोरोना महामारीको दोस्रो लहरले भारतमा पनि ठूलो असर पारिरहेको छ । तर मुम्बई जस्तो ठूलो शहरमा यो भेरियन्टमा त्यति धेरै स्थिति नियन्त्रण बाहिर गएको छैन । जस्तो कि बाँकी भारत र विशेषगरी दिल्लीमा यस्तो देखिएको छ ।

अक्सिजन व्यवस्थापनमा मुम्बई मोडल

मुम्बई मोडललाई सम्झनको लागि हामी अघिल्लो वर्षको मुम्बईको अवस्थालाई हेर्न सक्छौं । पछिल्लो वर्ष मे–जून महिनामा कोरोना महामारी व्यापक रुपमा फैलिएको थियो । उक्त समयमा समेत अस्पतालमा अक्सिजनको माग अचानक बढेर गएको थियो ।

मुम्बई नगर निगम अर्थात् बृहत् मुम्बई महानगरपालिकाको एडिसनल कमिश्नर पी बेलारसुलाई अक्सिजनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । उनी भन्छन् ‘अस्पतालमा अक्सिजनको जुन व्यवस्था हुन्छ त्यो सामान्य आईसीयूको लागि हो । तर यो देखियो कि कोभिडको कारण अक्सिजनको माग दुई गुणा बढी हुन्छ ।’

बृहत् मुम्बई महानगरपालिकालाई एशियाको सबैभन्दा समृद्ध स्थानीय निकायको रुपमा मान्ने गरिन्छ । बीएमसीले १३ हजार लिटर स्टोरेज क्षमताको अक्सिजन प्लान्ट बनायो र माग बढी रहेको शहरमा ठूलो फिल्ड हस्पिटल बनाएर जम्बो कोभिड सेन्टर्स तयार पार्‍यो।

पी बेलारसु भन्छन् ‘यस्तो २१ वटा अक्सिजन प्लान्ट तयार पारिएको थियो । यसबाट शहरमा अक्सिजनको आपूर्तिमा समस्या भएन। यदि अक्सिजनको ट्यांकर अस्पताल लैजानमा समस्या भयो भने पनि त्यहाँ अक्सिजनको आपूर्ति जारी रह्यो । मार्च २०२१ मा मुम्बई शहरमा कोरोनाबाट संक्रमित बिरामीहरुको संख्या बढ्न लाग्यो । जस्तोजस्तो बिरामीको संख्या बढ्यो त्यसरी नै अक्सिजनको माग पनि आकाशियो । महामारीको पहिलो लहरमा नै अक्सिजनको माग २०० देखि २१० मेट्रिक टन दैनिक पुगेको थियो । जुन दोस्रो लहरमा बढेर २८० मेट्रिक टन पुग्यो । यी अक्सिजन प्लान्टका कारण मुम्बईलाई ठूलो राहत मिल्यो ।

मुम्बईको अक्सिजन टिम

बीएमसीले महामारीको पहिलो लहरको अनुभवबाट केही सिकेको थियो । जस्तो कोरोनाको उपचारमा अक्सिजनको ठूलो भूमिका हुन्छ । अक्सिजनको माग, यसको जरुरत, यसको ढुवानी र समयमा पहुँचको ग्यारेन्टी भएन भने धेरैको ज्यान जान सक्छ भन्ने कुरा मुम्बईले राम्रोसँग सिकेको थियो ।

एडिसनल कमिश्नर पी बेलारसु भन्छन् ‘अक्सिजनको ठीक व्यवस्थापनको लागि एक टीम गठन हुनु जरुरी थियो, त्यो भयो । फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ जना अधिकारीहरुलाई नियुक्ति दियो ।

उनीहरुको काम भनेको नै वार्डका अधिकारी र अक्सिजन उत्पादकहरुबीच समन्वय स्थापित गराउनु थियो । अस्पतालमा अक्सिजनको उपलब्धताबारे ध्यान दिनको लागि एक व्यक्तिलाई अलग्गै नियुक्ति दिइयो । वार्डमा अक्सिजन प्रवन्धनको लागि दुई अधिकारीलाई जिम्मेवारी दिइयो ।

यो टिमले राज्यको बाहिरबाट आउनेवाला अक्सिजन ट्यांकरमा लगातार ध्यान दिन्थे । पी बेलारसु भन्छन् ‘मैले यस कुरामा ध्यान राख्न लगाएँ कि यी ट्यांकरहरु कहिले आइपुग्छन्, कहाँ जाँदैछन् र कुन अस्पतालमा जानेवाला छ ? ‘

अप्रिलको तेस्रो हप्तामा हामीलाई अस्पतालबाट अक्सिजनको लागि मद्दतको सन्देश पाउन थालिएको थियो । सप्लाई सेवालाई निरन्तरता दिनु थियो र त्यो पनि समयमा नै गर्नुपर्ने थियो । हामी अक्सिजन ट्यांकर ढिला गरी आउनुको जोखिम उठाउन सक्ने अवस्था थिएन’ बेलारसु बताउँछन् ।

मुम्बईमा ६ ठाउँमा अक्सिजन सिलिण्डर राखियो

अक्सिजनको माग अचानक बढेका कारण साना अस्पताललाई ज्यादा समस्या हुन लाग्यो । बीएमसीले ६ ठाउँमा २०० अक्सिजन सिलिण्डरको साथ गाडीहरु समेत खरिद गर्‍यो । त्यसपछि जब अक्सिजनको माग आउँछ त्यसपछि गाडीले अक्सिजन पुर्‍याउने काम गर्दथ्यो ।

पी बेलारसु बताउँछन् ‘सुरुमा हामी दिनको एक पटक अक्सिजन पठाउने गर्दथ्यौं । तर अहिले हामी हरेक १३–१४ घण्टामा अक्सिजन पठाउने गर्छौं । हामी एक दिनमा दुई पटक अक्सिजन पठाउने गर्छौं ।’

‘तेस्रो लहरको तयारी’
मुम्बईमा कोरोनाभाइरसको समयसम्म एउटा पनि अक्सिजन बनाउने प्लान्ट थिएन । यसकारण मुम्बईमा आउने सबै अक्सिजनहरु शहर बाहिरबाट आउने गर्दथ्यो ।

तर अब बृहत् मुम्बई महानगरले महामारीको तेस्रो लहरको सामना गर्नको लागि समेत तयारी सुरु गरेको छ । जसको लागि उसले अक्सिजनको थप प्लान्ट लगाउने तयारी गरेको छ ।

बीएमएसीको योजना मुम्बईको १२ अस्पतालहरुमा १६ अक्सिजन प्लान्ट्स लगाउन लागिएको हो । यसको अक्सिजन उत्पादनको क्षमता ४५ मेट्रिक टन हुने बताइएको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button