
ह्वीप उल्लंघन गर्नेलाई कारबाही हुन्छ : प्रमुख सचेतक भट्टराई
एमालेका प्रमुख सचेतक विशाल भट्टाईले प्रतिनिधिसभामा ह्विप उल्लंघन गर्नेलाई कारबाही हुने बताएका छन् । ह्विप उल्लंघन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही हुने उनले नागरिक न्यूजलाई बताए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा एमाले माधव समूहका संसादहरु अनुपस्थित हुने निर्णय गरेपछि प्रमुख सचेतक भट्टराईको यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमाले सांसद अनुपस्थित भएमा त्यसलाई ह्वीप उल्लंघन मानिने उनले दावी गरे ।
‘आज केही सांसदहरूले अनुपस्थिति हुने सुनेका छौं । यो संसदीय व्यवस्थामा ह्वीप उल्लंघनको गम्भीर अपराध हो। ह्वीप उल्लङ्घन क्षम्य हुने छैन् । कुन प्रकृतिको कारबाही हुने भन्ने त पार्टीले निर्णय गर्नेछ’, उनले भने ।
आइतबार एमाले संसदीय दलका प्रमुख भट्टराईले एमाले सांसदहरुलाई सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह ह्वीप जारी गरेका थिए ।
यो पनि,,,,,१० दिनमै गुम्यो मनाङेको मन्त्री पद
१० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद गुमेको छ।
वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुरुङको पद गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै गुमेको हो।
आफ्नो पद धरापमा परेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए।



