माधव पक्षका दुई सांसद बैठक चल्दै गर्दा आक्रोशित हुँदै बाहिर निस्केपछि….

नेकपा(एमाले) माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो ।

विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उहाँलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उहाँ प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो ।

सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका दुई सांसद बैठक चल्दाचल्दै बाहिरिनु भएको थियो। सिंहदरबारमा बसिरहेको बैठक स्थलबाट सांसद पार्वतीकुमारी विशुन्खे र कलिला खातुना बैठक छाडेर बाहिरिनु भएको हो ।

राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि उहाँहरुले असन्तुष्टि जनाउँदै बाहिरिएको बताइएको छ। सामूहिक राजीनामा दिने निर्णयमा आफूहरूको असन्तुष्टि रहेको उनीहरूले प्रतिक्रिया दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button