
‘जनता बाँचे न राजनीति गर्ने हो’भन्दै यी मेयरले आफ्नो कार्यालयका सबै गाडि एम्बुलेन्स बनाए
कोरोनाको कहरमा नेता चिन्ने अवसर पनि जनतालाई प्राप्त भएको छ । केही नेताले जनताको पक्षमा काम गरिरहेका छन् भने केहीले भने यही हो मौका भन्दै पैसा जोहो गर्ने गरेको पाइएको छ ।

यस्तै एक उदाहरणीय काम सुनसरीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले गरेका छन् । उनले जनता बाँचे न राजनीति गर्ने भन्दै आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गर्ने अनुमति दिएका छन् ।

नगरप्रमुख खनालसँगै प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल चढ्ने गाडी पनि एम्बुलेन्सका रूपमा प्रयोग गरिने निर्णय गरिएको छ । तीव्र रुपमा बढिरहेको कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै नगरमा आइपरेको खण्डमा नगर प्रमुखको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने नगर प्रमुख खनालले जानकारी दिएका छन् ।
बराहक्षेत्र नगरपालिका क्षेत्रभित्र बिरामीको उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेको खबर आएको थियो । यस्तो सुनेपछि प्रमुखले चढने गाडि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
‘नागरिकले एम्बुलेन्स नपाएको अवस्थामा नागरिककै करबाट किनिएको सरकारी गाडी नागरिककै सेवाका लागि तयारी अवस्थामा राखेका छौं, नगर प्रमुख खनालले भने, ‘जनता रोगले छटपटाउँदा हामी गाडीमा चढेर हिंड्न नैतिक रुपमा सक्दैनौं, नगर प्रमुखको हिसाबले सबै नागरिकको जिम्मेवारी यतिबेला हामीले लिनुपर्ने अवस्था आएको छ ।
’ गाडीमा अक्सिजन सिलिण्डरको व्यवस्थापन समेत गर्ने तयारी भइरहेको नगर प्रमुख खनालले जानकारी दिए ।
यो पनि,,,,कोरोना महामारीमा ठगी : २४ हजार पर्ने औषधीलाई १ लाख २० हजारमा बिक्री
कोरोना भाइरसको महामारीमा उपभोक्तालाई ठगी गर्ने गरेको खुलेको छ । महंगो मुल्यमा संक्रमितले प्रयोग गर्ने औषधी विक्रि गरिएको पाइएको हो । कोरोनाभाइरस संक्रमितलाई दिइने औषधीमा नै ठगी हुने गरेको छ । सोही आरोपमा काठमाडौको सुन्धारावाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ठगी कार्यमा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । २४ हजार रुपैया पर्ने रेम्डेसिभिर औषधीलाई १ लाख २० हजार रुपैयामा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले गोरखाका रफिक मियाँलाई खुला रुपमा औषधी बेच्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेका थिए । प्रहरीले औषधी फर्माका संचालकलाई पनि खोजी गरेको छ । फर्माका सञ्चालक दीपक ढकाल फरार छन्।
रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ। उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



