
लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी शक्तिहरु कमजोर हुँदै गएः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु आफैं कमजोर हुँदै गएको अभिव्यक्ति दिएका छन् ।

शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुँदै गएको बताएका हुन् ।

नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै गएको बताए ।
उनले भने, ‘लोकतन्त्र सुदृढ हुदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुदै गएका छन् । र विभिन्न प्रकारले देश, जनता , विकास, समृद्धि र जनताको सुखसंग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन् ।’
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ–आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आह्वान गरे ।
पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिईएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको तर्क गरे ।



