केही दिनभित्रै नयाँ सरकार गठन भएपछि सबै कालो बादल हट्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन भित्र नयाँ सरकार गठन हुने बताएका छन्। शनिबार राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय परिषद्‍मा बोल्दै उनले केही दिनभित्रै नयाँ सरकार गठन गरेपछि सबै कालो बादल हट्ने बताएका हुन्।  

‘अब केहिदिन भित्रै नयाँ सरकार गठन हुन्छ। मलाई विश्वास छ, नयाँ सरकार गठन भएपछि छिट्टै सबै कालो बादल हट्छ’, उनले भने, ‘यो बीचमा भएका ज्यादतीहरुलाई हामी नयाँ सरकार मार्फत हटाउँछौं।’  

त्यस्तै उनले संविधानलाई पूर्ण रुपमा कार्यन्वयन गर्न र बनेका ऐनहरूले काम गराउन पनि नयाँ सरकारको आवश्यक परेको बताए।  ‘हाम्रो विचार र भावना मिलेको थियो।

त्यसलाई विछोड गराइयो। मिलेकालाई जर्बजस्त डिभोर्स गराइएको छ। हामी त्यसलाई पुनर्मिलन गर्न चाहान्छौं। हामी फेरि राष्ट्रिय एकता बलियो बनाउन’, उनले भने, यदित त्यसो हुन सकेन भने फेरि एकपटक आन्दोलनमा जानुको विकल्प छैन।

संविधान कार्यन्वयन र रक्षाको लागि पनि  नयाँ विद्रोह आवश्यक पर्छ।’

छिट्टै राष्ट्रिय एकताको लागि विचार र भावनालाई मिलाएर अघि बढ्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

Back to top button