ओलीको व्यवहार देखेर वामदेव थाकिसक्नुभयो,अब उहाँपनि हामीसँगै आउनुहुन्छ: नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली कहिल्यै नसुध्रिने बताएका छन् ।

आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको काठमाडौ जिल्ला कमिटीको समानान्तर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका हुन् । 

ओलीको कार्यशैली र व्यवहार देखेर नेता वामदेव पनि थाकिसक्नुभयो, अब उहाँपनि हामीसँगै आउनुहुन्छ’, नेता नेपालको भनाई छ ।

नेता नेपालले ओलीले पार्टी बनाउन नचाहेको भन्दै गुट र भजन मण्डली बनाउन लागिपरेको समेत जानकारी दिए । नेता नेपालले नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीमध्ये धेरै ओलीको पूर्वाग्रही प्रवृतिको शिकार भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button