संविधान असफल पार्न सरकार नै लाग्यो, विधिको शासनलाई फलो गरेन: देव गुरुङ

माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका छन् ।  

बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखेका हुन् । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए ।

वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ ।  यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ’, गुरुङले भने, ‘सर्वोच्च अदालतले एउटा फैसला गर्यो । त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ । दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ ।’ 

उनले सरकारले विधिको शासनलाई समेत फलो नगरेको भन्दै  पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको उदाहरण पेश गरे ।

गुरुङले सदनलाई बिजनेस दिनुपर्ने सरकारको दायित्व भएपनि नदिएर संसदलाई पुन विघटन गर्न लागिरहेको त होइन भनेर प्रश्न गरे । ‘सदनभित्र विभिन्न एजेण्डा छन् । तर प्रक्रिया अघि बढेको छैन । ५ वटा विधेयक प्रक्रियामा छन् । कार्यसूचीमा चढेका छैनन् । सरकारले सदनलाई के गर्न लागेको हो भन्ने गम्भिर प्रश्न उठेको छ । सरकार पुष ५ कै मनस्थितिमा छ । संसद भंग गर्ने र उदेश्य देखिन्छ’ गुरुङले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button