हामी आन्दोलन गर्छौ, परिवर्तन पनि गर्छौ तर त्यसलाई जोगाउन सक्दैनौ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुन थालेकाले प्राप्त उपलव्धी गुम्ने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।
मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपाली जनताले पटक पटक आन्दोलन गर्ने तर प्राप्त उपलव्धी जोगाउन नसक्ने नियति भोगि रहनुपरेको बताए ।
हामी आन्दोलन पनि गर्छौ, परिवर्तन पनि गर्छौ तर त्यसलाई जोगाउन सक्दैनौ’, अध्यक्ष यादवले भने, ‘अहिलेसम्मका आन्दोलनको सवैभन्दा ठुलो उपलव्धी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनु हो । यसभित्र नै समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता लगायतका मानिसका आधारभूत अधिकारको प्रयोग र उपयोगको व्यवस्था छ ।’
उनले प्रधानमन्त्री ओलीले देखाउदै भने, ‘प्रधानमन्त्री ज्यु यही हुनुहुन्छ उहाँकै पालमा संघीय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न भनियो त्यसैले गणतन्त्र फेरी धरापमा पर्ने हो की भन्ने आशंका चारैतिरबाट उठेको छ ।’
यादवले आजपनि राष्ट्रिय एकताको आवश्यकता रहेको भन्दै त्यसबाट मात्रै राष्ट्रिय समस्या समाधान गर्न सकिने धारणा राखे ।