प्रचण्डको लाजमर्दो राजनीति: कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘लाजमर्दो राजनीति’ भन्दै प्रतिटिप्पणी गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई गम्भीर आरोप लगाउँदै सरकारलाई दिएको समर्थन पनि कायमै राखेकोमा नेता थापाले टिप्पणी गरेका हुन् ।

प्रचण्डले आइतबार प्रधानमन्त्री ओलीलाई विदेशीबाट पालित पोषित भन्दै आरोप लगाएकोमा नेता थापाले प्रतिटिप्पणी गरेका हुन् ।

थापाले सोमबार सामाजिक सञ्‍जालमार्फत् २ पटक प्रधानमन्त्री भइसकेका दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताए ।

‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओली लाई वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’ थापाले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले भने आइतबार एक कार्यक्रममा ‘केपी शर्मा ओलीलाई २०/२५ वर्षदेखि विदेशीले हुर्काएको र पालित-पोषित गरेको’ टिप्पणी गरेका थिए ।

‘संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछन् । गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडीया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो हेर्दै जाँदा केपी नै देखियो’ दाहालले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button