प्रधानमन्त्रीलाई विप्लवको प्रश्न : बन्दी रिहाइ कहिले गर्ने ?
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले बताए ।
विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1