प्रचण्डलाइ फेरी अर्को झड्का….

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको निर्णय हुने भएको छ ।

शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर २४ घन्टे अल्टिमेटम दिएकोमा आजको बैठकले कारबाही गर्ने भएको छ ।

आजको बैठकले २३ जनालाई पार्टीबाट निष्काशन गर्ने देखि सांसद रहेका चारजनाको पद नै खारेज गर्ने निर्णय लिने भएको छ । २३ जनामध्ये कसैले पनि माओवादी केन्द्रमा फर्कने जवाफ नदिएको बुझिएको छ ।

मन्त्री भएका ६ जना नै नफर्कने घोषणा गरिसकेका छन् । जसमध्ये ३ जना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभा सांसद छन् ।

यसै क्रममा अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्नका लागि बोलाइएको बैठक केहीबेरअघि सुरु भएको नेतृ पम्फा भुसालले जानकारी दिइन्।

आजको बैठकमा नयाँ सरकार गठनका लागि सम्भावित समीकरणका विषयमा छलफल हुनेछ। यस्तै, बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म विभिन्न राजनीतिक दलसँगको छलफलबाट आएका प्रस्तावका विषयमा जानकारी दिनेछन्।

यसअघि हिजो २४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको थियो । दल त्याग गरेका सांसद भएकाहरुको पद स्वतः जानेछ ।

माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ ।

उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ ।

यसैगरी, स्थायी कमिटी सदस्य मणि थापालगायत अन्य केन्द्रीय सदस्यहरुमाथि पनि कारबाही हुन सक्छ ।

शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

यसै गरि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा नेकपा एमालेकै केही सांसद तथा एक पार्टी पंक्ति लागिरहँदा लुम्बिनी प्रदेशका चार सांसदले भने केपी ओलीको साथ नछोड्ने घोषणा गरेका छन् ।

उनीहरुले बरु सांसद पद छोड्ने तर केपी ओलीको साथ नछोड्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button