राजीनामाको बेमौसमी बाँसुरी बजाउन नखोज्नु: सूर्य थापा
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी दिएका छन् ।
थापाले प्रधानमन्त्री ओलीले राजीनामा किमार्थ नदिने दाबी गर्दै एमालेमा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुने बताएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे ।
वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’ माधव नेपाल समूहप्रति संकेत गर्दै थापाले सके पाँच वर्ष सरकार चलाउन सहयोगी बन्नु, नसके यस्ता निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु उचित हुने बताएका छन् ।
उनले राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भनेर प्रश्न समेत गरेका छन् ।