‘पुराना कुरा कोट्याउने होइन बिर्सेर अब नयाँ भिजनका साथ एमालेमा एक भएर अघि बढ्छौ’: माधव नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजीपछि एकै ठाउँमा उभिएर राजनीतिक अभ्यास गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले अब फरकफरक बाटो हिड्ने निर्णय गरेका छन्।

नेता माधवकुमार नेपालले आफूहरू जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहने प्रतिक्रिया दिएका छन्। पत्रकारसंग कुरा गर्दै नेता नेपालले भने, ‘हाम्रो विशाल छाती छ। सबैलाई समेट्न सक्छौं। सम्भावनाहरू अझै धेरै छन्।’

सर्वोच्च अदालतको फैसलाले नै एमाले र माओवादी केन्द्रलाई दुई पार्टी बनाइदिएको उनले बताए। निर्वाचन आयोगमा पनि छुट्टै रुपमा एमाले र माओवादी दर्ता रहेकाले आयोगसँग यसबारेमा परामर्श गरिने उनले बताए।

‘आयोगमा अलग-अलग रूपमा एमाले र माओवादी पार्टी दर्ता भएका छन्। यी पार्टी के हुने हो भन्ने पनि टुंगो छैन। आयोगसँग गम्भीर रूपमा छलफल गरेर अघि बढ्छौं,’ नेता नेपालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button