सरकारको समर्थन गर्दैनौं, फिर्ता लिन्छौं : जनार्दन शर्मा
सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
एमालेसँग पार्टी एकताको पहलकर्तामध्येका एक जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारको समर्थन फिर्ता लिने बताए ।
सरकारको समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिने ओली समूहका नेताहरु बताउँछन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता नहुँदै ओली प्रधानमन्त्री बनेका थिए । संयुक्त गठबन्धन बनाएर चुनाव लडेकाले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1