प्रधानमन्त्रीको हैसियत के हो?: भीम रावल
विभाजित नेकपाका नेता भीम रावलले सर्वोच्च अदालतको आइतबारको फैसलाको आलोचना गर्दै प्रधानमन्त्रीको दलीय हैसियतबारे प्रश्न गरेका छन् ।
पुनर्स्थापनापछिको पहिलो संसद बैठकमा नेता रावलले यस्तो प्रश्न गरेका हुन् । संसदको कार्यसूची फेरिएकोमा पनि उनले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीको राजनीतिक दल अस्पष्ट भएको र सरकारलाई कुन दलको रुपमा बुझ्ने भन्दै उनले प्रश्न गरेका थिए ।
सर्वोच्च अदालतको फैसलापछि सरकार र प्रधानमन्त्रीको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको भन्दै रावलले यसबारे छलफल गरिनुपर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1