अब जनताले कम्युनिस्टलाई चिन्न नसके ठुलो भुल हुनेछ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरू सत्ता संचालनमा पूर्णरूपमा असफल भएको बताएका छन् ।

गणेशमान सिंहको स्मृतिमा शनिबार काठमाडौँमा गरिएको कार्यक्रममा अब पनि कम्युनिष्टहरूबाट सुशासनको आशा राख्नु महाभूल हुने बताए । 

जनताले दिएको जनमतको कदर गर्न नसक्ने र पार्टीभित्रको मतभेद मिलाउन नसकेर संविधान माथिनै प्रहार गर्नेहरूबाट अरु आश गर्न नसकिने सिंहले बताए । 

‘संसारलाई चमत्कार गरेर देखाउछौं भनेर जनताको म्यान्डेट लिए​र आए पनि  आफ्नै पार्टी चलाउन नसकेर प्रतिनिधि सभा विघटनजस्तो असंवैधानिक कदम चालेर व्यवस्था माथिनै धावा बोल्ने कार्य प्रधानमन्त्रीले गर्नुभयो । जसले जनमतको अपमान भयो,’ सिंहले भने ।  

अब पनि नेपाली जनताले कम्युनिस्टहरूलाई चिन्न नसके ठुलो भुल हुने सिंहले बताए । जनमतको अपमान गर्नेहरुलाई चिन्न उनको आग्रह छ । कार्यक्रम गणेश मान सिंहको स्मृतिमा आयोजना गरिकाले नेपालको राजनीतिमा गणेशमान सिंहको योगदानको समेत चर्चा गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button