कांग्रेस केन्द्रीय समिति निर्णयमा प्रचण्डले थापे सही

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको सत्ता गठबन्धनलाई कायमै राखेर संसदीय निर्वाचनमा जाने कांग्रेसको निर्णय सकारात्मक भएको बताएका छन्।

सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले गठबन्धन जोगाएर चुनावमा जाने कांग्रेसको निर्णय सही रहेको बताएका हुन्।

‘कांग्रेसले सही निर्णय गरेको छ, त्यो एकदमै सही हो। हाम्रो पनि गठबन्धन जोगाएरै जाने भन्ने छ। यो गठबन्धन यताउती हुँदैन,’ प्रचण्डले भने।

सोमबारको सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पाँच वर्ष आफ्नो नेतृत्वमा स्थिर सरकार बनाउने शर्त सहित वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button