![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/02/thumb-1-1.jpg?resize=780%2C470&ssl=1)
हामी एकताको पक्षमा छौं : सुवास नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनःस्थापनापछि केपी शर्मा ओली नेतृत्वको सरकार झन् बलियो भएको बताएका छन्।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन भएको अवस्थामा प्रधानमन्त्रीलाई कामचलाउ भनिएकोमा अहिले उनी झन् बलियो भएको बताएका हुन्।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के–के निर्णय गर्ने हो? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो। जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं। अब त त्यो दुःख पनि गर्न नपर्ने भयो,’ नेम्वाङलले भने, ‘संसद् पुनःस्थापित भएपछि त उहाँ हिजोभन्दा झन् दह्रो पो हुनुभयो।’
उनले प्रतिनिधि सभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले संसद् विघटनलाई लोकतन्त्र र कानूनसम्मत भन्ने गरेमा अहिले संसद् पुनःस्थापित भइसकेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए।
यदि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने उनको भनाई छ। उनले पार्टी विभाजन नभएको समेत जिकिर गरे। ‘हामीले भनिराखेका छौं, नेकपामा विभाजन छैन। हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ, कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ,’ उनले भने,‘हाम्रा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेका छैनौं। त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं।’