
रमेश खरेलले काठमाडौं क्षेत्र न १ बाट चुनाव लड्ने
काठमाडैँ ।

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र न. १ बाट चुनाव लड्ने तयारी थालेका छन् ।

आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौं क्षेत्र न. १ बाट मकै चिन्ह लिएर नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल चुनाी मैदानमा जाने तयारी गरेका छन् ।
प्रहरी सेवामा छँदा पनि निकै खरो रुपमा प्रस्तुत भएका खरेल सेवाबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

खरेलसँगको एक सेल्फी सार्वजनिक गर्दै कलाकार तथा निर्माता निर्मल शर्मा गैँडाले खरेल काठमाडौं क्षेत्र न। १ बाट चुनाव लड्ने तयारीमा लागेको भन्दै तस्विर सहित छोटो स्टाटस पोस्ट गरेका छन् ।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिने तयारी गरेता पनि अन्तिम समयमा आएर खरेलले स्थगीत गरेका थिए ।
खरेलले सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएपछि विभिन्न कामका माध्यमबाट चर्चामा नै रहीरहेका छन् ।



