प्रेम आलेको राजीनामा ‘ब्याक डेटमा’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको खुलाएका छन् । आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए । उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । अस्ति मैले सवा ३ बजेतिर पार्टीमा त्यो कुरा राखेको थिए, अहिले ठ्याक्कै ३ बज्दैछ, १५ मिनेट अघि नै मैले राजीनामा दिँए ।’ उनले आफूले ब्याक डेट राखेर राजीनामा दिएको बताए । उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । अस्ति मैले सवा ३ बजेतिर पार्टीमा त्यो कुरा राखेको थिए, अहिले ठ्याक्कै ३ बज्दैछ, १५ मिनेट अघि नै मैले राजीनामा दिँए ।’ उनले आफूले ब्याक डेट राखेर राजीनामा दिएको बताए । उनले अरु मन्त्रीहरुको बारेमा आफूलाई थाहा नभएको र आफूले चाही राजीनामा दिएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा पार्टीले नै मन्त्री सांसद, मन्त्री बनाउने र पार्टीमै राजीनामा दिने बताउँदै पार्टीले गरेको निर्णय स्वीकार्य भएको बताए । उनले बजेटबारे संसदमा जवाफ दिएर फर्किने भनेकोले मात्र समय लम्बिएको बताए । उनले आफू मन्त्रीको रुपमा रहँदा देश र जनताको पक्षमा राम्रो काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button